मुख्य समाचार
काभ्रेको धुलिखेलमा डाँफे खोलाले बगाउँदा एक जनाको मृत्यु
काभ्रेको धुलिखेलमा डाँफे खोलाले बगाउँदा एक जनाको मृत्यु

: काभ्रेको धुलिखेलमा डाँफे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका–९ ठुलीटारका ५७ वर्षीय हिरालाल गौतम रहेका छन् ।

आज बिहान करिब ९ बजे धुलिखेल–९ कल्छेस्थित डाँफे खोलाले गौतमलाई बगाएको खबर प्रहरीलाई प्राप्त भएको थियो ।

खबर पाउनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा बगाएको स्थानबाट करिब १.५ किलोमिटर तल धुलिखेल नगरपालिका–११ स्थित डाँफे खोलाको बगरछेउमा गौतमलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रबिन बिष्टले जानकारी दिए ।


घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ । मृतक गौतमको शव परीक्षण (पोष्टमार्टम) का लागि धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको डिएसपी बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको छ । जोमसोम–कोरला नाका जोड्ने सडकखण्डको तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कोरला नाका जाड्ने जोमसोम–कोरला राष्ट्रिय राजमार्गअन्तर्गत बारागुङ मुक्तिक्षेत्रको चैले गाउँभन्दा माथि कालोभीर, कागबेनीदेखि ताङ्वे सडक र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीस्थित सेल्फीडाँडा सडकमा पहिरो खसेपछि सडक ...
: सामाजिक सञ्जालको दुरुपयोगले पनि पछिल्लो समय मानव बेचबिखनका घटना बढ्दै गएको एक अध्ययनले देखाएको छ। वीरगन्जमा शुक्रबार आयोजित ‘नेपालमा बालबालिका बेचबिखन सम्बन्धी प्रारम्भिक अध्ययन : सुरक्षाकर्मीसँग अध्ययनको निष्कर्ष तथा सुझाव साझा र छलफल’ कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकले उक्त कुरा पुष्टि गरेको हो। सामाजिक सञ्जालको दुरुपयोग अर्थात सामाजिक सञ्जालमार्फत हुने अपरिचित अपरिचित व्यक्तिसँगको चिनजानले ...
। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल चलाइरहेको छ । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्कीसहितका पदाधिकारीले सरोकारवाला एवं जानकारहरूसँग छलफल गरिरहेको आयोगले जनाएको छ । आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको सङ्ख्या, मतदाता नामावली सङ्कलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिकाबारे ...
: नेपाली सेनाको धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित भैरव गणमा सञ्चालित नौ महिने सैन्य आधार तालिम पूरा गरेका १ सय २ जना सैन्य दीक्षित भएका छन्। शुक्रबार आयोजित दीक्षान्त समारोहमा श्री मध्य पृतना हेडक्वाटरका चिफ अफ स्टाफ सहायक रथी सुनिल सिंह राठौरले प्रमुख अतिथिका रूपमा तालिम पूरा गरेका सैन्यलाई सिपाही दर्जामा दीक्षित तथा सुशोभित गराएका हुन्। ...
। नेपाली कांग्रेस डडेलधुराले केन्द्रीय सदस्य नैनसिंह महरलाई १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ । प्रदेशसभा ‘क’ र ‘ख’ तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले नेता महरलाई केन्द्रीय महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको हो । डडेलधुरा कांग्रेसले अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट अधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महरको पक्षमा उभिन पनि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम