मुख्य समाचार
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ

: काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन र ट्रामाडोलसहित उनीहरूलाई शुक्रबार र आज पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए।

निरौलाका अनुसार चन्द्रागिरी नगरपालिका–६ का ३४ वर्षीय विक्रम घले, मकवानपुरको थाहा नगरपालिका–१२ का २४ वर्षीय विजय तामाङ र राक्सीराङ गाउँपालिका–३ का ३३ वर्षीय ललितबहादुर स्याङ्ताङ, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय गणेश लामा र सिन्धुलीको हरिहरपुर नगरपालिका–११ का ३२ वर्षीय रत्न तामाङलाई पक्राउ परेका हुन्।

उनीहरूबाट बाट नगद ५ लाख ६० हजार ४०० रुपैयाँ, मोटरसाइकल १ थान र ६ थान मोबाइल पनि बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेस डडेलधुराले केन्द्रीय सदस्य नैनसिंह महरलाई १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ । प्रदेशसभा ‘क’ र ‘ख’ तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले नेता महरलाई केन्द्रीय महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको हो । डडेलधुरा कांग्रेसले अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट अधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महरको पक्षमा उभिन पनि ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ मा खानीखोलामा आएको बाढीले बगाउँदा अन्दाजी ५५ वर्षीया महिला सुकुमाया चेपाङको मृत्यु भएको छ। ताल्तीबाट घरतर्फ जाने क्रममा खानीखोलामा आएको बाढीमा परेकी चेपाङलाई खोलाले बगाएको थियो। स्थानीयको सहयोगमा उद्धार गरी थप उपचारका लागि मलेखुस्थित टिचिङ अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी ...
। अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र भएर बग्ने नारायणी, राप्ती र रिउ नदीका साथै अन्य साना खोलामा पानीको बहाव उच्च हुने, बाढी आउने, नदी ...
: पथलैया-हेटौंडा सडकखण्ड अन्तर्गत बाराको तीन नम्बर पुल नजिक शुक्रबार राती ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ लेटाङ नगरपालिका-१ का ३५ वर्षीय योगेन्द्रबहादुर मगर रहेका छन् । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र.०२-०६५ प ७५७५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको ना६ख ३६४४ नम्बरको ट्रकले ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते स्कुटर चालकलाई ...
: काभ्रेको धुलिखेलमा डाँफे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका–९ ठुलीटारका ५७ वर्षीय हिरालाल गौतम रहेका छन् । आज बिहान करिब ९ बजे धुलिखेल–९ कल्छेस्थित डाँफे खोलाले गौतमलाई बगाएको खबर प्रहरीलाई प्राप्त भएको थियो । खबर पाउनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा बगाएको स्थानबाट करिब १.५ किलोमिटर तल धुलिखेल नगरपालिका–११ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम