मुख्य समाचार
महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने
महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने

। परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैलीलाई परिवर्तन गर्दै पहिले रोकथामको संस्कृतितर्फ अघि बढाउनुपर्ने धारणा राख्नुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री खनालले कोभिड–१९ महामारीको समयमा कुनै एक स्थानमा उत्पन्न हुने जनस्वास्थ्य आपत्काल विश्वव्यापी सङ्कटमा परिणत भएको तथ्य उजागर गरेको बताउनुभयो । मन्त्री खनालले उक्त महामारीले स्वास्थ्य सेवासँगै खोप, औषधि, प्रविधि र वित्तीय स्रोतमा रहेको गहिरो असमानता पनि उजागर गरेको बताए ।

‘महामारी स्वास्थ्य सङ्कट मात्र थिएन, यसले दशकौँमा हासिल भएका विकासका उपलब्धिहरूलाई समेत चुनौती दिएको थियोे’, परराष्ट्रमन्त्री खनालले भने ।




नेपालले विश्वव्यापी महामारीको तयारीलाई थप सुदृढ बनाउन विश्व स्वास्थ्य सङ्गठन महामारी सम्झौता (डब्ल्युएचओ प्यान्डेमिक एग्रिमेन्ट) तथा संशोधित अन्तरराष्ट्रिय स्वास्थ्य नियमावलीलाई महत्त्वपूर्ण कदमका रूपमा स्वागत गरेको उनले बताए ।

विश्वव्यापी महामारी रोकथाम तथा तयारीका लागि नेपालले पाँच प्राथमिकता अघि सारेको मन्त्री खनालले उल्लेख गरे ।

विश्वव्यापी स्वास्थ्य सुरक्षाको आधार समानता हुनुपर्ने, महामारी तयारीका लागि दिगो वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने, विश्व स्वास्थ्य सङ्गठनलाई केन्द्रमा राख्दै बहुपक्षीय सहकार्य र विकासशील मुलुकको अर्थपूर्ण प्रतिनिधित्व सुदृढ गर्नुपर्ने, ‘सम्पूर्ण सरकार, सम्पूर्ण समाज र एक स्वास्थ्य (वान हेल्थ)’ अवधारणामार्फत समुदायलाई तयारीको केन्द्रमा राख्नुपर्ने र युवालाई साझेदार, नवप्रवर्तक तथा भावी नेतृत्वका रूपमा समेट्दै महामारी तयारीलाई अन्तरपुस्तीय बनाउनुपर्नेमा उनले जोड दिएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले विश्व समुदायले सङ्कट आएपछि मात्र प्रतिक्रिया जनाउने अभ्यासबाट रोकथामको संस्कृतितर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

‘सङ्कट आएपछि प्रतिक्रिया दिने हाम्रो शैलीलाई पहिले नै रोकथामको संस्कृतितर्फ अघि बढ्नुपर्छ’, उनले भने ।

उत्थानशील स्वास्थ्य प्रणाली, दक्ष स्वास्थ्यकर्मी, रोग निगरानी, प्रारम्भिक चेतावनी प्रणाली, अनुसन्धान तथा समुदायस्तरीय तयारीमा लगानी बढाउन आह्वान गर्दै कुनै पनि देश र कुनै पनि पुस्ता पछाडि नपर्ने गरी सुरक्षित, समतामूलक र उत्थानशील विश्व निर्माणका लागि सहकार्य गर्न आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेस डडेलधुराले केन्द्रीय सदस्य नैनसिंह महरलाई १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ । प्रदेशसभा ‘क’ र ‘ख’ तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले नेता महरलाई केन्द्रीय महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको हो । डडेलधुरा कांग्रेसले अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट अधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महरको पक्षमा उभिन पनि ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ मा खानीखोलामा आएको बाढीले बगाउँदा अन्दाजी ५५ वर्षीया महिला सुकुमाया चेपाङको मृत्यु भएको छ। ताल्तीबाट घरतर्फ जाने क्रममा खानीखोलामा आएको बाढीमा परेकी चेपाङलाई खोलाले बगाएको थियो। स्थानीयको सहयोगमा उद्धार गरी थप उपचारका लागि मलेखुस्थित टिचिङ अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी ...
। अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र भएर बग्ने नारायणी, राप्ती र रिउ नदीका साथै अन्य साना खोलामा पानीको बहाव उच्च हुने, बाढी आउने, नदी ...
: पथलैया-हेटौंडा सडकखण्ड अन्तर्गत बाराको तीन नम्बर पुल नजिक शुक्रबार राती ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ लेटाङ नगरपालिका-१ का ३५ वर्षीय योगेन्द्रबहादुर मगर रहेका छन् । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र.०२-०६५ प ७५७५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको ना६ख ३६४४ नम्बरको ट्रकले ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते स्कुटर चालकलाई ...
: काभ्रेको धुलिखेलमा डाँफे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका–९ ठुलीटारका ५७ वर्षीय हिरालाल गौतम रहेका छन् । आज बिहान करिब ९ बजे धुलिखेल–९ कल्छेस्थित डाँफे खोलाले गौतमलाई बगाएको खबर प्रहरीलाई प्राप्त भएको थियो । खबर पाउनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा बगाएको स्थानबाट करिब १.५ किलोमिटर तल धुलिखेल नगरपालिका–११ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम