मुख्य समाचार
लगातारको वर्षासँगै कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा यातायात सेवा प्रभावित
लगातारको वर्षासँगै कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा यातायात सेवा प्रभावित

: लगातारको वर्षासँगै कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध हुँदा सुर्खेत–दैलेख हुँदै कालिकोट र जुम्ला जोड्ने कर्णाली राजमार्गसमेत पहिरोका कारण अवरुद्ध भएको छ।

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा बाटो अवरुद्ध भएको छ। वर्षासँगै आएको पहिरोका कारण सडकमा यातायात सञ्चालन हुन नसकेको हो। कर्णालीका पहाडी जिल्लालाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने प्रमुख मार्गमा अवरोध भएपछि यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।

सुर्खेतको बराहताल गाउँपालिका–७ औंलेमा पनि पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ। सुर्खेतबाट दैलेख, कालिकोट, जुम्लालगायत कर्णालीका पहाडी जिल्लातर्फ जाने सवारीसाधनका लागि यो सडक महत्वपूर्ण मार्ग हो। कर्णाली राजमार्गमा वर्षायाम सुरु भएसँगै पहिरो र सडक अवरोध नियमित समस्या बन्दै आएको छ। सडकको धेरैजसो भाग पहाड काटेर निर्माण गरिएको र भिरालो भूभागमा पर्ने भएकाले ठूलो वर्षा हुँदा माथिबाट पहिरो र ढुंगा–माटो खस्ने जोखिम छ।


कर्णाली राजमार्ग अवरुद्ध हुँदा यसको प्रत्यक्ष असर कालिकोट, जुम्ला, मुगु र हुम्लासहित माथिल्लो कर्णालीका जिल्लामा पर्ने गरेको छ। सुर्खेत तथा नेपालगन्जबाट खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य दैनिक आवश्यक सामग्री बोकेर जाने सवारीसाधन सडकमा रोकिँदा ढुवानी प्रभावित भएका छन्।

कर्णाली राजमार्गमा मात्रै नभई प्रदेशका अन्य मुख्य सडकमा समेत पहिरो खसेको छ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ सल्लेखोलामा पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ। हुम्लाको सर्केगाड गाउँपालिका–३ खच्चामा पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ।

सल्यानको कपुरकोट–५ खारखोलामा राप्ती राजमार्ग तथा सल्यानकै अन्य स्थानमा समेत सडक अवरोध भएको छ। एकैपटक विभिन्न सडकखण्डमा पहिरो खसेपछि कर्णालीको सडक यातायात प्रभावित बनेको हो।
सडक अवरुद्ध भएको स्थानमा तत्काल पहिरो पन्छाएर यातायात सञ्चालन गर्न पहल भइरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेस डडेलधुराले केन्द्रीय सदस्य नैनसिंह महरलाई १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ । प्रदेशसभा ‘क’ र ‘ख’ तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले नेता महरलाई केन्द्रीय महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको हो । डडेलधुरा कांग्रेसले अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट अधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महरको पक्षमा उभिन पनि ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ मा खानीखोलामा आएको बाढीले बगाउँदा अन्दाजी ५५ वर्षीया महिला सुकुमाया चेपाङको मृत्यु भएको छ। ताल्तीबाट घरतर्फ जाने क्रममा खानीखोलामा आएको बाढीमा परेकी चेपाङलाई खोलाले बगाएको थियो। स्थानीयको सहयोगमा उद्धार गरी थप उपचारका लागि मलेखुस्थित टिचिङ अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी ...
। अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र भएर बग्ने नारायणी, राप्ती र रिउ नदीका साथै अन्य साना खोलामा पानीको बहाव उच्च हुने, बाढी आउने, नदी ...
: पथलैया-हेटौंडा सडकखण्ड अन्तर्गत बाराको तीन नम्बर पुल नजिक शुक्रबार राती ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ लेटाङ नगरपालिका-१ का ३५ वर्षीय योगेन्द्रबहादुर मगर रहेका छन् । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र.०२-०६५ प ७५७५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको ना६ख ३६४४ नम्बरको ट्रकले ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते स्कुटर चालकलाई ...
: काभ्रेको धुलिखेलमा डाँफे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका–९ ठुलीटारका ५७ वर्षीय हिरालाल गौतम रहेका छन् । आज बिहान करिब ९ बजे धुलिखेल–९ कल्छेस्थित डाँफे खोलाले गौतमलाई बगाएको खबर प्रहरीलाई प्राप्त भएको थियो । खबर पाउनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा बगाएको स्थानबाट करिब १.५ किलोमिटर तल धुलिखेल नगरपालिका–११ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम