मुख्य समाचार
अविरल वर्षापछि रोशी खोलाले बीपी राजमार्ग बगाएको स्थानमा अस्थायी डाइभर्सन निर्माण सुरु
अविरल वर्षापछि रोशी खोलाले बीपी राजमार्ग बगाएको स्थानमा अस्थायी डाइभर्सन निर्माण सुरु

। अविरल वर्षापछि रोशी खोलाले बीपी राजमार्ग बगाएको स्थानमा अस्थायी डाइभर्सन निर्माण सुरु गरिएको छ ।

अविरल वर्षाका कारण क्षतिग्रस्त बनेका बीपी राजमार्गका अस्थायी डाइभर्सन पुन:निर्माण सुरु गरिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार अविरल वर्षाका कारण रोशी खोलाले बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी ७ को घुमाउने, रोशी ११ र १२ का तीन स्थानमा डाइभर्सन बगाएको थियो ।

सडक डिभिजन कार्यालयले तत्काल यातायात सञ्चालन सहज बनाउने उद्देश्यले डाइभर्सन निर्माणको काम अघि बढाएको जनाएको छ।

त्यस्तै बीपी राजमार्गको रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो पन्छाउने कार्य भईरहेको समेत सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख योगेशले जानकारी दिए ।

अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत नमोबुद्द नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पथलैया-हेटौंडा सडकखण्ड अन्तर्गत बाराको तीन नम्बर पुल नजिक शुक्रबार राती ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ लेटाङ नगरपालिका-१ का ३५ वर्षीय योगेन्द्रबहादुर मगर रहेका छन् । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र.०२-०६५ प ७५७५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको ना६ख ३६४४ नम्बरको ट्रकले ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते स्कुटर चालकलाई ...
: काभ्रेको धुलिखेलमा डाँफे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका–९ ठुलीटारका ५७ वर्षीय हिरालाल गौतम रहेका छन् । आज बिहान करिब ९ बजे धुलिखेल–९ कल्छेस्थित डाँफे खोलाले गौतमलाई बगाएको खबर प्रहरीलाई प्राप्त भएको थियो । खबर पाउनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा बगाएको स्थानबाट करिब १.५ किलोमिटर तल धुलिखेल नगरपालिका–११ ...
। धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बेनिघाट रोराङ गाउँपालिकाका – ७ वडाध्यक्ष कुमार बस्नेतले दिउँसो साढे १२ बजेबाट राजमार्ग एकतर्फी सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार, तत्काल दुईतर्फी बाटो सञ्चालनमा ल्याउन भने समस्या देखिएको छ । थप पहिरो नगएको खण्डमा आजबाट नियमित बाटो सञ्चालनमा आउने उनले बताए । बिहीबार ...
: काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन र ट्रामाडोलसहित उनीहरूलाई शुक्रबार र आज पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए। निरौलाका अनुसार चन्द्रागिरी नगरपालिका–६ का ३४ वर्षीय विक्रम घले, मकवानपुरको थाहा नगरपालिका–१२ ...
। परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैलीलाई परिवर्तन गर्दै पहिले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम