मुख्य समाचार
कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार
कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार

। कतारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा कतारविरुद्ध लगाउनुभएको आरोप अस्वीकार गर्दै त्यसलाई इजरायलको कार्यबाट ध्यान हटाउने प्रयास भएको बताएको छ ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल एक्समार्फत नेतान्याहुको आरोप स्पष्ट रूपमा अस्वीकार गरेका हुन्। उनले‍ कतारले इजरायलविरुद्ध जनमत प्रभावित पार्ने अभियान चलाइरहेको भन्ने आरोप निराधार रहेको बताउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रमा इजरायलले गरेको कार्य र त्यसबाट उत्पन्न मानवीय परिणामबाट ध्यान मोड्न यस्तो बयानबाजी गरिएको बताए ।
विश्वव्यापी जनमतमा, विशेषगरी युवाहरूमा आएको परिवर्तनलाई कुनै ‘प्रभाव अभियान’ को परिणामका रूपमा व्याख्या गर्नु उनीहरूको चेतना र निर्णय क्षमताको अपमान हुने उनले बताए। मानिसहरूले प्यालेस्टिनी क्षेत्रमा भइरहेको अवस्था प्रत्यक्ष देखेर आफ्ना धारणा बनाइरहेको उनको भनाइ थियो ।

विश्वले इजरायललाई फरक दृष्टिले हेरेको चाहने हो भने इजरायली नेताहरूले आफ्नो नीति परिवर्तन गर्नुपर्ने, अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नुपर्ने र आफ्ना कार्यको जिम्मेवारी लिनुपर्ने उनले बताए।

कतारको प्रतिक्रिया नेतान्याहुले महासभामा कतार र टर्कीको नाम लिँदै इजरायलविरुद्ध ‘झुट’ फैलाउन धेरै विदेशी मुलुकले ठूलो रकम खर्च गरेको आरोप लगाएपछि आएको हो । उनले कतारले युवाहरूलाई इजरायल, अमेरिका र पश्चिमप्रति घृणा गर्न उक्साउने अभियान चलाएको आरोप लगाएका थिए।

नेतान्याहुले कतारले हमासका नेताहरूलाई आश्रय दिएको भन्दै आलोचना गरेका थिए भने टर्कीलाई ‘यहुदीकविरोधी झूट फैलाउने प्रमुख माध्यम’ भएको आरोप लगाउँदै राष्ट्रपति रेसेप तैयप एर्दोगानविरुद्ध पनि टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सिन्धु नदीको पानी रोक्ने भारतको कुनै पनि प्रयासलाई पाकिस्तानले ‘युद्धको कदम’ मान्ने बताएका छन्। न्युयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ८१ औँ अधिवेशनलाई सम्बोधन गर्दै शहबाज शरीफले शुक्रबार यो कुरा बताएका हुन्। उनले भने, ‘सिन्धु नदीको पानी पाकिस्तान मात्र होइन, पूरै क्षेत्रको लागि लाइफ लाइन हो र हालको सन्धि रोक्ने भारतको एकतर्फी ...
। सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्म ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीपको तालिम दिने भएको छ । उपप्रधानमन्त्री गान किम योङले उक्त जानकारी दिए। ‘आईबीएफ डिस्टिङ्सन इभनिङ’ कार्यक्रममा उनले बैङ्किङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रका २३ वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएको बताए। ती संस्थाले हालै सुरु गरिएको ‘इन्स्टिच्युट अफ बैङ्किङ एन्ड ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा मिसाइल उत्पादन गर्न अनुमति दिने अन्तिम निर्णय गरेको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन् । उनका अनुसार यस निर्णयपछि युक्रेनले आफ्नै भूमिमा प्याट्रियट मिसाइल उत्पादनका लागि आवश्यक इजाजतपत्र प्राप्त गर्नेछ । रुसले युक्रेनमाथि प्रहार गर्ने ब्यालिस्टिक मिसाइल रोक्न प्याट्रियट प्रणाली प्रभावकारी मानिए पनि किएभले यस्ता मिसाइलको ...
। इरानले अमेरिकासामु केही सर्त पूरा भए एक साताभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराग्चीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अमेरिकाले सम्झौतामा उल्लेख गरिएका आवश्यक सर्त पूरा गरेपछि होर्मुज जलडमरू खोल्ने प्रक्रिया सुरु हुनेछ । तर, उनले ती सर्तको विस्तृत विवरण ...
राष्ट्रपति हुनुभन्दा अघि रियल इस्टेट डेभलपर समेत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा जारी आफ्ना नयाँ निर्माण आयोजनाहरू उत्सुकताका साथ देखाएका छन्। सन् २०२६ को मे महिनामा बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा सीले ट्रम्पको आतिथ्यता गरेका थिए । जसको विशालतासँग ट्रम्पले ह्वाइट हाउसमा बन्दै गरेको नयाँ बलरुमको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम