मुख्य समाचार
मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच सिंहदरबारमा भेटवार्ता
मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच सिंहदरबारमा भेटवार्ता

। पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी केरुङ नाका पुनः सञ्चालन, करीव ६ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत र कोरला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालनलगायत विषयमा चीन सरकारबाट आवश्यक सहयोगका लागि आग्रह गरेका छन् ।

भोटेकोशीमा आएको बाढीका कारण नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएको उल्लेख गर्दै मन्त्री लम्सालले तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक तथा यातायातको व्यवस्था मिलाएर स्थानीय नागरिकलाई राहत दिने गरी नेपाल सरकारले दिनरात काम गरिरहेको जानकारी दिए ।

उनले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन चीन सरकारको सहयोग आवश्यक रहेको बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

मन्त्री लम्सालले काठमाडौं रसुवागढी केरुङ नाकासम्मको दीर्घकालीन सडक पूर्वाधार विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आवश्यक स्थानमा ट्रयाक खोल्ने कार्यमा समेत सरकार अघि बढेको जानकारी दिएका छन् । उनले सो कार्यमा चीन सरकारको सहयोग र समन्वयका लागि आग्रह गरेका छन् ।

भेटका क्रममा चिनियाँ राजदूत वाङ माओमिङले चीन नेपालका असल मित्र तथा छिमेकीका रूपमा नेपाललाई हरसम्भव सहयोग गर्न तयार रहेको बताए । उनले नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे ।

राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाएमा आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। निरन्तरको वर्षा, पहिरो तथा खोलामा बढेको बहावका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । सडक विभागले शनिबार बिहान ९ः३० बजे सार्वजनिक गरेको विवरणअनुसार ११ वटा प्रमुख सडकखण्डमा यातायात प्रभावित भएको छ । विभागका अनुसार पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जुवाङ खोला र फिस्लिङलगायतका स्थानमा यातायात बन्द छ । स्थानीय प्रशासनबाट अर्को ...
। परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)’ सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले विकासशील मुलुकमा बढ्दो वित्तीय आवश्यकता, द्वन्द्व, जलवायु संकट र ऋणको दबाबबीच विकासका प्रतिबद्धतालाई परिणाममा रूपान्तरण गर्न तीव्र कार्य आवश्यक ...
। रुपन्देहीमा प्रहरीले भन्सार छली गरेर ल्याइएका ६ लाख बढी मूल्यका सामान बरामद गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ स्थित कोटिहमाई मन्दिर नजिकबाट प्रहरीले १२ बोरा चियापत्ती र ६६ पिस लेडिज सुट बरामद गरेको हो । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी ती सामान बरामद गरेको प्रहरीले जनाएको छ । बरामद सामानको अनुमानित मूल्य ६ लाख १० ...
। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ तीननम्बर पुल नजिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई गएराति ११ बजे पछाडिबाट ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक मोरङका ३५ वर्षीय योगेन्द्र मगरको उपचारको ...
। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै छन्। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए। उनले ८ गते महासभालाई सम्बोधन गरेका थिए। महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गरेका थिए। महासभामा उनले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम