मुख्य समाचार
प्रहरीले देशका विभिन्न ठाउँबाट लागुऔषधसहित १७ जनालाई पक्राउ
प्रहरीले देशका विभिन्न ठाउँबाट लागुऔषधसहित १७ जनालाई पक्राउ

। प्रहरीले देशका विभिन्न ठाउँबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित फार्मेसीबाट ट्रामाडोल ६ हजार १ सय १५ ट्याब्लेट र नाइट्राजेपाम ५ हजार ७ सय ३० ट्याब्लेटसहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा फार्मेसीका संचालक कालिकोट पचालझरना गाउँपालिका-८ घर भएका २३ वर्षीय हिमाल शाही, सोही गाउँपालिका-९ घर भएका २१ वर्षीय हिरो विक र शुभ कालीका गाउँपालिका-८ घर भएका २६ वर्षीय उमेश बहादुर शाही रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले फार्मेसी तलासी गर्दा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ट्रामाडोल १ सय २० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-४ घर भएका २२ वर्षीय रूबिन सुनार र धादिङ धुनिवेशी नगरपालिका-५ घर भएका २१ वर्षीय सन्तोष तामाङ रहेका छन् । ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेदकोट नगरपालिका-१० सिसैयाबाट खैरो हेरोइन २ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय निराजन ठकुराठीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-८ गोवरगावाबाट गाँजा करिब १ किलो ७ सय ३० ग्रामसहित सोही ठाउँ बस्ने ३६ वर्षीय जयनारायण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, पटेर्वा सुगौली गाउँपालिका-५ देउरिया बस्ने ५५ वर्षीय रामनारायण राउत थारूलाई खैरो हेरोइन ४ सय ८० मिलिग्राम र अफिम ३ ग्राम १ सय ७० मिलिग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले रामनारायणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-८ न्यूरोड डेरा गरी बस्ने तनहुँ व्यास नगरपालिका-५ घर भएका २६ वर्षीय राजु न्यौपाने समेत २ जनालाई खैरो हेरोइन ९ ग्राम ३ सय २० मिलिग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ कोलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय मान बहादुर बुढा र १९ वर्षीय दीपेन्द्र जैसी रहेका छन् ।

चितवन, खैरहनी नगरपालिका-१ गणेश चोक बस्ने २६ वर्षीय अजय गान्धरीसमेत ४ जनालाई खैरो हेरोइन ३ ग्राम १ सय मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

झापा, मेचीनगर नगरपालिका-६ बाट खैरो हेरोइन ६ ग्राम २ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-१२ बस्ने २६ वर्षीय सरोज थापा मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-३ घर भएका ४८ वर्षीय शेरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो। १२ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दाहरूमा ८ करोड ४२ लाख ३६ हजार रूपैयाँ बिगो र उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत भक्तपुरबाट विभिन्न मितिमा भएको फैसलाले २ ...
: झापामा बुलेट मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–८ का ४५ वर्षीय माइलो भनिने साइला माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बुधवार साँझ ७ बजे अर्जुनधारा ६ कप्तानबारीस्थित शनिश्चरे बिर्तामोड सडक खण्डमा प्र १–०१–०१७ प ६५२८ नम्बरको बुलेट मोटरसाइकलले पैदल यात्री माझीलाई ठक्कर दिएको हो ...
। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका ३२ वर्षीय सुजन न्यौपाने छन्। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। सुजनले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको ...
: प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको भोटेकोशी नदीमा हालै आएको बाढी नेपालका लागि मात्र नभएर विश्वकै लागि पनि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढी स्थानिय त्रासदी मात्रै नभइ विश्वकै लागि चेतावनी भएको बताएका हुन्। 'साताअघि, विश्वले नेपालको हिमाली समुदायमा तीव्रताका साथ आएको बाढीको भयावह दृश्य देख्यो,जसलाई धेरैले ...
: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार ११ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम