मुख्य समाचार
ह्वाइट हाउसका नवनिर्मित संरचना अवलोकन
ह्वाइट हाउसका नवनिर्मित संरचना अवलोकन

राष्ट्रपति हुनुभन्दा अघि रियल इस्टेट डेभलपर समेत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा जारी आफ्ना नयाँ निर्माण आयोजनाहरू उत्सुकताका साथ देखाएका छन्।

सन् २०२६ को मे महिनामा बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा सीले ट्रम्पको आतिथ्यता गरेका थिए । जसको विशालतासँग ट्रम्पले ह्वाइट हाउसमा बन्दै गरेको नयाँ बलरुमको तुलना गर्ने गर्छन्।


ओभल अफिसमा ९० मिनेट लामो औपचारिक वार्ता सकिएपछि ट्रम्पले सीलाई ह्वाइट हाउसको ‘साउथ लन’तर्फ लगेका थिए। त्यहाँ नवनिर्मित ग्रेनाइटको हेलिप्याडमा अमेरिकी राष्ट्रपतिको हेलिकप्टर ‘मरीन वान’ पहिले नै राखिएको थियो।

हरियो रङको ‘युनाइटेड स्टेट्स अफ अमेरिका’ लेखिएको हेलिकप्टर नजिक केवल दुई जना कर्मचारीहरूका साथ दुई देशका शीर्ष नेताहरूले कुराकानी गरिरहेको भिडियो एक्स , थ्रेड्स र फेसबुकजस्ता सामाजिक सञ्जालमा द्रुत गतिमा भाइरल बनेको छ।

ट्रम्पले करिब ५० लाख अमेरिकी डलरको लागतमा बनेको हेलिप्याडका विशेषताहरू सीलाई बुझाइरहेका थिए । सीले पनि चासोका साथ प्रश्नहरू सोधिरहेका थिए। त्यसपछि ट्रम्पले सीलाई ‘मरीन वान’ भित्रै लगेर अमेरिकी राष्ट्रपतिले प्रयोग गर्ने विमानलाई नजिकबाट अवलोकन गराए। उनीहरू केही मिनेट विमानभित्रै बसेर पाइलटहरूसँग कुराकानी समेत गरेका थिए।

ग्रेनाइट र नयाँ बलरुममा चासो

ह्वाइट हाउसका विभिन्न निर्माण क्षेत्रहरूको भ्रमण गराउने क्रममा ट्रम्पले प्रयोग गरेको ग्रेनाइट ढुङ्गाले सीको विशेष ध्यान खिचेको थियो। अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हाम्रो बैठक निकै राम्रो रह्यो र उहाँ (सी) ले ग्रेनाइटमा ठूलो रुचि देखाउनुभयो। अन्य धेरै कुराका अलावा उहाँ ढुङ्गाका विषयमा पनि विशेषज्ञ हुनुहुन्छ र उहाँलाई राम्रो ग्रेनाइट मन पर्छ।’

ट्रम्पको यो टिप्पणीमा सी जिनपिङले मुस्कुराउँदै प्रतिक्रिया दिएका थिए।

साँझ आयोजित राजकीय भोज का क्रममा ट्रम्पले सीलाई ह्वाइट हाउसको अर्को मुख्य आयोजना ईस्ट विङ ढालेर निर्माण भइरहेको अर्को मुख्य आयोजना पनि देखाए। ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा ह्वाइट हाउसको भौतिक रूपान्तरणलाई उच्च प्राथमिकता दिँदै आएका छन्।

गत वर्ष ८,३६० वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो बलरुम बनाउन ईस्ट विङ भत्काइएको थियो। ट्रम्पले यसलाई अमेरिकी जनताका लागि एउटा ‘उपहार’ भएको र यसले ह्वाइट हाउसको सुरक्षा बढाउनुका साथै ठूला कार्यक्रमहरू आयोजना गर्न सहज बनाउने दाबी गर्दै आएका छन्।

बेइजिङ भ्रमणपछि ट्रम्पले ग्रेट हल अफ द पिपुलमा सीसँगको तस्बिर सेयर गर्दै लेखेका थिए, ‘हेर्नुहोस्, उनीहरूसँग बलरुम छ । यो धेरै ठूलो र सुन्दर छ। मानिसहरूले मलाई योभन्दा पनि राम्रो संरचना बनाउन खोज्दा किन विरोध गर्छन् ?’

चालु महिनाको सुरुमा पनि उनले यो नयाँ बलरुमले चिनियाँ ग्रेट हललाई समेत माथ खुवाउने दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक होर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन् । बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल–जयानीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट उक्त आह्वान गरे। ...
। कजाकिस्तानको कास्पियन सागरको तटीय क्षेत्रमा नौसैनिक अभ्यासका क्रममा भएको दुर्घटनामा १४ सैनिकको मृत्यु भएको छ। कजाख रक्षा मन्त्रालयले शुक्रबार थप दुई शव फेला पारेपछि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको जनाएको छ। पश्चिमी मङ्गिस्टाउ क्षेत्रमा बिहीबार लडाइँ प्रशिक्षण अभ्यास भइरहेका बेला मौसम अचानक बिग्रिएपछि १७ जना सैनिक समुद्रमा खसेका थिए। तीमध्ये तीन जनालाई उद्धार गरिएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना गरेका छन्। रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व, अर्बपति तथा व्यापारिक नेताहरू सहभागी थिए । रात्रिभोजमा ट्रम्पले अमेरिका र चीन फरक राजनीतिक प्रणालीका भए पनि दुई देशका जनताबीचको सम्बन्ध कायम रहेको बताउँदै आगामी पुस्ताका लागि समृद्धि र सुरक्षालाई ...
। चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्न र ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न अमेरिकालाई आग्रह गरेका छन् । उनले चीन–अमेरिकाबीच कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा पनि जोड दिएका छन्। ह्वाइट हाउसमा भएको वार्तामा सीले दुई देशले सहयोगलाई प्रमुख आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्न तथा मतभेद ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघको महासभामा इरान, गाजा र मध्यपूर्वका अन्य क्षेत्रमा इजरायलले गरिरहेको सैन्य कारबाहीको कडा बचाउ गरेका छन्। उनी मञ्चमा उक्लनेबित्तिकै दर्जनौँ देशका प्रतिनिधिहरूले विरोधस्वरूप हल छाडेर बाहिरिएका थिए। प्रतिनिधिहरू बाहिरिएपछि नेतान्याहुले भने, ‘हामीले जित्नेछौँ। हामीसँग अर्को कुनै विकल्प छैन।’ उनले थपे, ‘यदि हल नछाडेका अन्य कुनै नैतिक काँतर यहाँ छन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम