: २० औं एसियन गेम्स २०२६ अन्तर्गत महिला कबड्डीमा नेपालले कास्य पदक हात पारेको छ।
शुक्रबार भारतसँग सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक जितेको हो। नेपाल भारतसँग ४८–२४ ले पराजित भएको हो । पहिलो हाफमा ३१–१७ ले पछि परेको नेपाल दोस्रो हाफमा १७–७ ले पछि रह्यो।
सेमिफाइनल प्रवेश गरेपछि नेपालले कास्य पदक पक्का गरेको थियो। नेपाललाई पराजित गर्दै भारत भने फाइनल प्रवेश गरेको छ।
नेपाली महिला कबड्डी टोलीले दोस्रो पटक एसियन गेम्समा कास्य पदक जितेको हो। नेपाली महिला कबड्डी टोलीले १९ औं एसियन गेम्समा पनि कास्य पदक जितेका थिए। त्यस्तै, चीनमा भएको छैटौं बिच एसियन गेम्समा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो।