मुख्य समाचार
८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक होर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान
८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक होर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान

। बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक होर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन् ।

बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल–जयानीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट उक्त आह्वान गरे। उनले होर्मुज जलघाँटीमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताए।

बहराइनको विदेश मन्त्रालयका अनुसार अल–जयानीले मार्चमा पारित संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव २८१७ पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्। उनले ओमानको तटमा जहाजमाथि भएको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु तथा हुथी समूहले साउदी अरबतर्फ छवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना जनाए।

असी देशको संयुक्त वक्तव्यमा इरानबाट छिमेकी मुलुकविरुद्ध भएका भनिएका आक्रमण, अन्तर्राष्ट्रिय व्यापारमा परेको अवरोध तथा ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा उत्पन्न जोखिमप्रति चिन्ता व्यक्त गरिएको छ । सहभागी देशहरूले अन्तर्राष्ट्रिय कानूनअनुसार होर्मुज जलघाँटी तत्काल खोल्न र कुनै अवैध शुल्क वा अवरोधबिना जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न आग्रह गरेका छन् ।

वक्तव्यमा यमनका हुथी समूहको गतिविधि, साउदी अरविरुद्धका आक्रमण तथा लाल सागरमा भएका आक्रमणप्रति पनि चिन्ता व्यक्त गरिएको छ । बाब अल–मन्दब जलघाँटीतर्फ हुने थप गतिविधिले अन्तर्राष्ट्रिय समुद्री आवतजावत र विश्वव्यापी व्यापारमा जोखिम बढाउन सक्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्रपति हुनुभन्दा अघि रियल इस्टेट डेभलपर समेत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा जारी आफ्ना नयाँ निर्माण आयोजनाहरू उत्सुकताका साथ देखाएका छन्। सन् २०२६ को मे महिनामा बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा सीले ट्रम्पको आतिथ्यता गरेका थिए । जसको विशालतासँग ट्रम्पले ह्वाइट हाउसमा बन्दै गरेको नयाँ बलरुमको ...
। कजाकिस्तानको कास्पियन सागरको तटीय क्षेत्रमा नौसैनिक अभ्यासका क्रममा भएको दुर्घटनामा १४ सैनिकको मृत्यु भएको छ। कजाख रक्षा मन्त्रालयले शुक्रबार थप दुई शव फेला पारेपछि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको जनाएको छ। पश्चिमी मङ्गिस्टाउ क्षेत्रमा बिहीबार लडाइँ प्रशिक्षण अभ्यास भइरहेका बेला मौसम अचानक बिग्रिएपछि १७ जना सैनिक समुद्रमा खसेका थिए। तीमध्ये तीन जनालाई उद्धार गरिएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना गरेका छन्। रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व, अर्बपति तथा व्यापारिक नेताहरू सहभागी थिए । रात्रिभोजमा ट्रम्पले अमेरिका र चीन फरक राजनीतिक प्रणालीका भए पनि दुई देशका जनताबीचको सम्बन्ध कायम रहेको बताउँदै आगामी पुस्ताका लागि समृद्धि र सुरक्षालाई ...
। चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्न र ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न अमेरिकालाई आग्रह गरेका छन् । उनले चीन–अमेरिकाबीच कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा पनि जोड दिएका छन्। ह्वाइट हाउसमा भएको वार्तामा सीले दुई देशले सहयोगलाई प्रमुख आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्न तथा मतभेद ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघको महासभामा इरान, गाजा र मध्यपूर्वका अन्य क्षेत्रमा इजरायलले गरिरहेको सैन्य कारबाहीको कडा बचाउ गरेका छन्। उनी मञ्चमा उक्लनेबित्तिकै दर्जनौँ देशका प्रतिनिधिहरूले विरोधस्वरूप हल छाडेर बाहिरिएका थिए। प्रतिनिधिहरू बाहिरिएपछि नेतान्याहुले भने, ‘हामीले जित्नेछौँ। हामीसँग अर्को कुनै विकल्प छैन।’ उनले थपे, ‘यदि हल नछाडेका अन्य कुनै नैतिक काँतर यहाँ छन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम