मुख्य समाचार
८० ग्राम लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुईजनालाई पक्राउ
८० ग्राम लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुईजनालाई पक्राउ

सिमराः सशस्त्र प्रहरीले बाराको जीतपुरबाट ८० ग्राम लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुईजनालाई पक्राउ गरेको छ । औद्योगिक सुरक्षा बेस जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगपालिका–५ स्थित अशोक स्टील नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका–४ का २८ वर्षीय हुस नयन अंसारी र वीरगन्ज महानगरपालिका –१४ का १८ वर्षीय राजन पासवान रहेका छन् । वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको प्र।२–०३–००९प ३७५६ नम्बरको मोटरसाइकल उनीहरु सवार रहेका थिए ।

सशस्त्र पहरी बलको नेपाल इन्टेलिजेन्स व्यूरोको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक बिक्रममणी अधिकारीले जानकारी दिए । उनीहरूलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका ३२ वर्षीय सुजन न्यौपाने छन्। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। सुजनले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको ...
: प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको भोटेकोशी नदीमा हालै आएको बाढी नेपालका लागि मात्र नभएर विश्वकै लागि पनि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढी स्थानिय त्रासदी मात्रै नभइ विश्वकै लागि चेतावनी भएको बताएका हुन्। 'साताअघि, विश्वले नेपालको हिमाली समुदायमा तीव्रताका साथ आएको बाढीको भयावह दृश्य देख्यो,जसलाई धेरैले ...
। प्रहरीले देशका विभिन्न ठाउँबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित फार्मेसीबाट ट्रामाडोल ६ हजार १ सय १५ ट्याब्लेट र नाइट्राजेपाम ५ हजार ७ सय ३० ट्याब्लेटसहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा फार्मेसीका संचालक कालिकोट पचालझरना गाउँपालिका-८ घर भएका २३ वर्षीय हिमाल शाही, सोही गाउँपालिका-९ घर ...
: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार ११ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा ...
: काठमाडौं महानगरपालिकाले अविरल वर्षाका कारण केही समय फोहोर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने जनाएको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै फोहोर ढुवानी गर्ने सडक र ल्यान्डफिल साइटमा माथिबाट लेदो तथा माटो खसिरहेको हुँदा फोहोर ढुवानी तथा विसर्जन कार्यमा असहजता उत्पन्न भएको जनाएको हो। महानगरले केही समयका लागि फोहोर संकलन तथा ढुवानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम