मुख्य समाचार
कजाकिस्तानको कास्पियन सागरको तटीय क्षेत्रमा नौसैनिक अभ्यासका क्रममा भएको दुर्घटनामा १४ सैनिकको मृत्यु
कजाकिस्तानको कास्पियन सागरको तटीय क्षेत्रमा नौसैनिक अभ्यासका क्रममा भएको दुर्घटनामा १४ सैनिकको मृत्यु

। कजाकिस्तानको कास्पियन सागरको तटीय क्षेत्रमा नौसैनिक अभ्यासका क्रममा भएको दुर्घटनामा १४ सैनिकको मृत्यु भएको छ। कजाख रक्षा मन्त्रालयले शुक्रबार थप दुई शव फेला पारेपछि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको जनाएको छ।

पश्चिमी मङ्गिस्टाउ क्षेत्रमा बिहीबार लडाइँ प्रशिक्षण अभ्यास भइरहेका बेला मौसम अचानक बिग्रिएपछि १७ जना सैनिक समुद्रमा खसेका थिए। तीमध्ये तीन जनालाई उद्धार गरिएको रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शुक्रबार टेलिग्राममार्फत खोज तथा उद्धार अभियान सम्पन्न भएको जानकारी दिँदै दुर्घटनामा १४ सैनिकको ज्यान गएको पुष्टि गरेको हो। यसअघि अधिकारीहरूले १२ जनाको मृत्यु भएको बताएका थिए।

कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेभले दुर्घटनाको कारण र परिस्थितिबारे छानबिन गर्न सरकारी आयोग गठन गर्न आदेश दिएका छन् । घटनाबारे आपराधिक अनुसन्धानसमेत सुरु गरिएको छ।

राष्ट्रपति टोकायेभले शुक्रबारलाई राष्ट्रिय शोकको दिन घोषणा गरेका छन् । दुर्घटनापछि खोज तथा उद्धार कार्यमा संलग्न निकायले समुद्रमा बेपत्ता भएका सैनिकहरूको खोजीलाई प्राथमिकता दिएका थिए। मौसम प्रतिकूल बनेपछि अभ्यासका क्रममा सैनिकहरू समुद्रमा खसेको प्रारम्भिक विवरणमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्रपति हुनुभन्दा अघि रियल इस्टेट डेभलपर समेत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा जारी आफ्ना नयाँ निर्माण आयोजनाहरू उत्सुकताका साथ देखाएका छन्। सन् २०२६ को मे महिनामा बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा सीले ट्रम्पको आतिथ्यता गरेका थिए । जसको विशालतासँग ट्रम्पले ह्वाइट हाउसमा बन्दै गरेको नयाँ बलरुमको ...
। बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक होर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन् । बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल–जयानीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट उक्त आह्वान गरे। ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना गरेका छन्। रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व, अर्बपति तथा व्यापारिक नेताहरू सहभागी थिए । रात्रिभोजमा ट्रम्पले अमेरिका र चीन फरक राजनीतिक प्रणालीका भए पनि दुई देशका जनताबीचको सम्बन्ध कायम रहेको बताउँदै आगामी पुस्ताका लागि समृद्धि र सुरक्षालाई ...
। चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्न र ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न अमेरिकालाई आग्रह गरेका छन् । उनले चीन–अमेरिकाबीच कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा पनि जोड दिएका छन्। ह्वाइट हाउसमा भएको वार्तामा सीले दुई देशले सहयोगलाई प्रमुख आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्न तथा मतभेद ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघको महासभामा इरान, गाजा र मध्यपूर्वका अन्य क्षेत्रमा इजरायलले गरिरहेको सैन्य कारबाहीको कडा बचाउ गरेका छन्। उनी मञ्चमा उक्लनेबित्तिकै दर्जनौँ देशका प्रतिनिधिहरूले विरोधस्वरूप हल छाडेर बाहिरिएका थिए। प्रतिनिधिहरू बाहिरिएपछि नेतान्याहुले भने, ‘हामीले जित्नेछौँ। हामीसँग अर्को कुनै विकल्प छैन।’ उनले थपे, ‘यदि हल नछाडेका अन्य कुनै नैतिक काँतर यहाँ छन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम