मुख्य समाचार
करेन्ट लागेर एक बालकको मृत्यु
करेन्ट लागेर एक बालकको मृत्यु

: बाराको कोल्हबीमा शुक्रबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । घटनामा चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हबी नगरपालिका-३ जुगुवाका १० वर्षीय बालक आकाश रामको मृत्यु भएको हो । उनलाई टीभी चलाउन खोज्दा तार सर्ट भएर करेन्ट लागेको हो ।

बालकलाई तत्कालै अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । बालकलाई करेन्ट लागेको अवस्थामा छुट्याउन गएका अन्य चारजना घाइते भएका छन् ।

घाइते हुनेमा बालककी हजुरआमा ७० वर्षीया एतबरिया राम, मृतककी दिदी १२ वर्षीया निलम राम, स्थानीय फुलकुमारी राम र ४१ वर्षीय अनिता शर्मा रहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

घाइतेको कोल्हबीस्थित तामागढी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिकाले अविरल वर्षाका कारण केही समय फोहोर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने जनाएको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै फोहोर ढुवानी गर्ने सडक र ल्यान्डफिल साइटमा माथिबाट लेदो तथा माटो खसिरहेको हुँदा फोहोर ढुवानी तथा विसर्जन कार्यमा असहजता उत्पन्न भएको जनाएको हो। महानगरले केही समयका लागि फोहोर संकलन तथा ढुवानी ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५ औं महाधिवेशनका लागि देशभर केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । देउवा समूहले २१–२३ मंसिरमा हुने महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरू खटाएको हो । महाधिवेशनका लागि गठन गरिएको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सात प्रदेशका ५५ जिल्लाहरूमा संयोजकहरू पनि तोकिसकेका छन् । महाधिवेशनका लागि गठन गरिएको कोइराला ...
सिमराः सशस्त्र प्रहरीले बाराको जीतपुरबाट ८० ग्राम लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुईजनालाई पक्राउ गरेको छ । औद्योगिक सुरक्षा बेस जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगपालिका–५ स्थित अशोक स्टील नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका–४ का २८ वर्षीय हुस नयन अंसारी र वीरगन्ज महानगरपालिका –१४ का १८ वर्षीय राजन पासवान ...
: वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकले प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि बुझाउँदै आएको शुल्क ५० प्रतिशत घट्ने भएको छ। बिहीबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी र नेपालका लागि यूएईका राजदूतबीच भएको भेटघाटमा शुल्क घटाउने निर्णय भएको हो। भेटका क्रममा वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विभिन्न समसामयिक विषयमा छलफल हुनुका साथै नेपाली श्रमिकलाई ...
: निरन्तर वर्षासँगै आएको बाढी–पहिरोले देशभर जनजीवन प्रभावित भएको छ । पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको डोटीसम्म सडक अवरुद्ध, नदीमा उच्च बहाव, राजमार्ग क्षतिग्रस्त र हवाई उडान प्रभावित बनेका छन् । पछिल्लो अवस्थाले देशका दर्जनौं जिल्लामा विपद् जोखिम उच्च रहेको देखाएको छ । पाँचथर, इलाम र ताप्लेजुङ क्षेत्रमा खोलानाला बढेसँगै बाढीको जोखिम बढेको छ । स्थानीय प्रशासनले तटीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम