मुख्य समाचार
बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघको महासभामा इरान, गाजा र मध्यपूर्वका अन्य क्षेत्रमा इजरायलले गरिरहेको सैन्य कारबाहीको कडा बचाउ
बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघको महासभामा इरान, गाजा र मध्यपूर्वका अन्य क्षेत्रमा इजरायलले गरिरहेको सैन्य कारबाहीको कडा बचाउ

। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघको महासभामा इरान, गाजा र मध्यपूर्वका अन्य क्षेत्रमा इजरायलले गरिरहेको सैन्य कारबाहीको कडा बचाउ गरेका छन्।

उनी मञ्चमा उक्लनेबित्तिकै दर्जनौँ देशका प्रतिनिधिहरूले विरोधस्वरूप हल छाडेर बाहिरिएका थिए। प्रतिनिधिहरू बाहिरिएपछि नेतान्याहुले भने, ‘हामीले जित्नेछौँ। हामीसँग अर्को कुनै विकल्प छैन।’




उनले थपे, ‘यदि हल नछाडेका अन्य कुनै नैतिक काँतर यहाँ छन् भने, कृपया अहिले नै बाहिर जानुस्।’ यसका साथै, उनले इजरायलले गाजामा नरसंहार गरिरहेको भन्ने आरोपलाई पनि खारेज गरे।

अब्बासले भने- ‘गाजामा नरसंहार भइरहेको छ’




यसअघि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले भिडियो सन्देशमार्फत सम्बोधन गर्दै इजरायली नीतिहरूले प्यालेस्टिनी जनताको भूमि र अस्तित्वमै खतरा निम्त्याएको बताएका थिए। अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि उनले भिडियो लिङ्कमार्फत सम्बोधन गरेका हुन्।

अब्बासले वेस्ट ब्याङ्कमा भइरहेको अवैध यहुदी बस्ती विस्तारले ‘दुई-राष्ट्र समाधान’ लाई जोखिममा पारेको बताए। उनले गाजामा इजरायली सेनाले ‘हत्या, विनाश, भोकमरी र विस्थापनका साथै नरसंहारको युद्ध’ गरिरहेको आरोप लगाए।

आलोचक र एर्दोगानमाथि प्रहार

युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पुर्जी झेलिरहेका नेतान्याहुले आफ्ना आलोचक देश र नेताहरूमाथि कडा प्रहार गरे। बेलायत र फ्रान्सतर्फ लक्षित गर्दै उनले भने, ‘उनीहरू सानो इजरायललाई उपनिवेशवादको आरोप लगाउँछन्। भगवान्‌को कसम, यो शब्द उनीहरू आफैँले आविष्कार गरेका हुन्।’

उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई हमासलाई समर्थन गरेको भन्दै तानाशाहको सङ्ज्ञा दिए। यसअघि मंगलबार एर्दोगानले गाजा र वेस्ट ब्याङ्कमा भइरहेको अन्यायले ‘मानवताको अन्तस्करणमा गहिरो चोट’ पुर्‍याएको बताएका थिए।

न्युयोर्कका मेयरको आलोचना र ट्रम्पको प्रशंसा

नेतान्याहुले न्युयोर्क सहरका वामपन्थी मेयर जोहरान मामदानीको पनि आलोचना गरे। नेतान्याहुले भने, ‘तपाईं यो सहरको मेयर निर्वाचित भएदेखि धेरै यहुदीहरूले न्युयोर्कमा सुरक्षित महसुस गर्न छाडेका छन्।’

यसअघि नेतान्याहुलाई पक्राउ गर्ने चेतावनी दिएका मामदानीको कार्यालयले भने नेतान्याहुले आफ्नो नरसंहारलाई ढाकछोप गर्न ‘आधारहीन झुट’ बोलेको प्रतिक्रिया दिएको छ।

यस्तै, नेतान्याहुले गत फेब्रुअरीमा इरानमाथि संयुक्त हवाई आक्रमण गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘साहसिक नेतृत्व’ को प्रशंसा गरे।

उनले भने, ‘इजरायल र अमेरिकाले आफूलाई बचाउन मात्र होइन, सभ्यता बचाउन सँगै काम गरे।’

न्युयोर्कमा प्रदर्शन, ओस्कार विजेता अभिनेत्री पक्राउ

नेतान्याहुको भ्रमणको विरोधमा न्युयोर्कमा प्रदर्शन गर्ने कैयौँलाई हिरासतमा लिइएको छ। पक्राउ पर्नेमा ओस्कार विजेता अभिनेत्री सुसन सारान्डन र एमी विजेता अभिनेत्री हन्ना आइनबिन्डर पनि रहेका छन्।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा करिब १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।

त्यसयता इजरायली सैन्य कारबाहीमा गाजामा ७३,९२० भन्दा बढी मानिस मारिएको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत वर्ष विश्वका प्रमुख जेनोसाइड स्कोलर्सले राष्ट्रसंघीय महासन्धिअनुसार इजरायलले गाजामा ‘नरसंहार’ गरिरहेको घोषणा गरेका थिए। तर, इजरायलले यसलाई अस्वीकार गर्दै यो कारबाही आत्मरक्षाका लागि भएको बताउँदै आएको छ।

गत फेब्रुअरी २८ मा, इरानले गोप्य रूपमा आणविक हतियार बनाइरहेको आशङ्कामा इजरायल र अमेरिकाले इरानमाथि भारी हवाई आक्रमण सुरु गरेका थिए। त्यसको जवाफमा इरानले इजरायल र अमेरिकी सैन्य अखडा रहेका खाडी देशहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो।

(बीबीसीबाट)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास सुरक्षित रूपमा गर्न अमेरिका र चीनले सुनिश्चित गर्नुपर्ने बताएका छन् । अमेरिका–चीन सम्बन्ध रणनीतिक स्थिरतामा आधारित रहेको उल्लेख गर्दै सीले वर्तमान समयमा दुवै देशले ऐतिहासिक जिम्मेवारी वहन गर्नुपर्ने बताएका हुन् । ‘चीन र अमेरिका दुवै कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा अग्रणी राष्ट्र हुन्,’ ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका–चीन सम्बन्धमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन् । ह्वाइट हाउसमा सम्बोधनका क्रममा दुवै नेताले लिखित मन्तव्य दिएका थिए र सञ्चारकर्मीका प्रश्न लिएनन् । ट्रम्पले अमेरिका र चीनबीच दीर्घकालीन र गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै दोस्रो विश्वयुद्धका बेला दुवै देशबीच भएको सहकार्यलाई स्मरण गरे । उनले आफू र सीले ...
संयुक्त राष्ट्रसङ्घको महासभाको साइडलाइनमा बसेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को बैठकले गाजाको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड अमेरिकी डलरको अल्पकालीन योजना घोषणा गरेको छ । यो रकम आगामी छ महिनाभित्र आवास, डिजेल, बिजुली उत्पादन र फोहोर व्यवस्थापनसहित ६६ वटा विभिन्न कार्यक्रमहरूमा खर्च गरिने जनाइएको छ । यद्यपि, गाजाको पूर्ण पुनर्निर्माण र दिगो सुधारका ...
संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा इरान र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघची र युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिहाबीच न्यूयोर्कमा भेटवार्ता भएको हो । गत जुलाईमा क्यास्पियन सागरमा रहेको इरानी व्यावसायिक पानीजहाजमाथि युक्रेनले हमला गरेपछि दुवै देशबीच तनाव बढेको थियो । त्यसयता दुई विदेशमन्त्रीबीच भएको यो पहिलो भेटवार्ता हो । इरानको ...
पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तानी वायुसेनाले अफगानिस्तानका १० स्थानमा हवाई हमला गरेको दाबी गरेका छन् । उनका अनुसार ती स्थानबाट ड्रोन भण्डारण तथा सञ्चालन भइरहेको थियो । बीबीसी उर्दूका अनुसार पाकिस्तानले भने हमला गरिएका स्थानहरूको विस्तृत विवरण सार्वजनिक गरेको छैन । यसअघि बुधबार पाकिस्तानले अफगानिस्तानबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा ड्रोन खसालेको दाबी गरेको थियो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम