। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘माउन्टेन सुनामी’ को सङ्ज्ञा दिँदै यसपछिको पुनर्निर्माणका लागि नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत रकम आवश्यक पर्ने बताएका छन्।
राष्ट्रसंघको महासभामा शुक्रबार बिहान बोल्दै उनले विपद्मा कम्तीमा १ हजार ४०० जनाको मृत्यु भएको र ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको भयावह तथ्यांक प्रस्तुत गरे।
सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माणमा जस्तै अहिले पनि अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता र सहयोगको अपेक्षा गर्दै उनले तत्काल सहयोग गर्ने छिमेकी राष्ट्र भारत र चीन लगायत सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिए ।