मुख्य समाचार
डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को बैठकले गाजाको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड अमेरिकी डलरको अल्पकालीन योजना घोषणा
डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को बैठकले गाजाको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड अमेरिकी डलरको अल्पकालीन योजना घोषणा

संयुक्त राष्ट्रसङ्घको महासभाको साइडलाइनमा बसेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को बैठकले गाजाको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड अमेरिकी डलरको अल्पकालीन योजना घोषणा गरेको छ ।

यो रकम आगामी छ महिनाभित्र आवास, डिजेल, बिजुली उत्पादन र फोहोर व्यवस्थापनसहित ६६ वटा विभिन्न कार्यक्रमहरूमा खर्च गरिने जनाइएको छ ।

यद्यपि, गाजाको पूर्ण पुनर्निर्माण र दिगो सुधारका लागि आगामी एक दशकमा करिब ७१ अर्ब ४० करोठ डलर लाग्ने बोर्डको आकलन छ ।

हालसम्म १८ अर्ब डलर सहयोगको प्रतिबद्धता आए पनि केवल २८ करोड डलर मात्र हस्तान्तरण भएकाले ठूलो रकमको अभाव रहेको बोर्डले स्वीकार गरेको छ ।

गाजा कार्यकारी बोर्डका सदस्य ज्यारेड कुस्नरले विविध कारणले आयोजनामा केही ढिलाइ भएको स्वीकार गर्दै भने, ‘आजको मुख्य उद्देश्य हामी यो कामप्रति पूर्ण रूपमा प्रतिबद्ध छौँ भनेर देखाउनु नै हो ।’

बैठकमा सहभागी अमेरिकी दूत स्टिभ विट्कफले गत वर्षको तुलनामा उल्लेख्य प्रगति भएको दाबी गरे । उनले भने, ‘सबै बन्धकहरू घर फर्किसकेका छन् । युद्धविराम अपूर्ण भएपनि अझै कायम छ । मानवीय सहायताका प्रयासहरूले ऐतिहासिक नतिजा हासिल गरेका छन् ।’

सुरक्षा, बम निष्क्रियीकरण र सुरुङ ध्वस्त पार्ने चुनौती

पुनर्निर्माण योजनाका अगाडि सहायता रकम जुटाउनुका साथै गाजामा खटिने कर्मचारीहरूको सुरक्षा, आन्तरिक शासन प्रणालीमा सुधार र इजरायली तथा प्यालेस्टाइनी अधिकारीहरूबीच सहमति जुटाउनेजस्ता ठूला चुनौतीहरू कायम छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार आयोजित छुट्टै पत्रकार सम्मेलनमा धेरै देशहरूले वित्तीय सहायताको प्रतिबद्धता जनाएको र थप देशहरूलाई यसमा सहभागी गराउन प्रयास भइरहेको बताए ।

यस्तै, बोर्ड अफ पिसका इजरायली–अमेरिकी सदस्य माइकल आइजनबर्गले बीबीसीसँग कुरा गर्दै पुनर्निर्माण अघिका चरणबारे स्पष्ट पारे ।

‘गाजा अझै युद्धक्षेत्र भएकाले पहिले विष्फोट नभएका विष्फोटकहरू हटाउनु आवश्यक छ,’ उनले भने, ‘गाजामुनि रहेका सयौँ किलोमिटर लामा सुरुङहरू ध्वस्त पार्नुपर्छ । त्यसपछि मात्र गाजावासीहरूले आवास, सरसफाइ र अन्य संरचनाको पुनर्निर्माण सुरु गर्न सक्नेछन् ।’

बैठकमा बेलायतका पूर्वप्रधानमन्त्री तथा बोर्ड सदस्य टोनी ब्लेयरले भने, ‘हामीमाथि रहेको जिम्मेवारी अत्यन्तै ठूलो छ ।’

युद्धविराम र राजनीतिक खिचातानी

गत वर्षको सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सार्वजनिक गरेको २० बुँदे गाजा शान्ति योजनाअन्तर्गत ‘बोर्ड अफ पिस’ गठन गरिएको थियो ।

यस सम्झौताअन्तर्गत हमासले बाँकी रहेका सबै ४८ जना बन्धकहरूलाई मुक्त गर्न र गाजाको शासन सत्ता प्यालेस्टिनी टेक्नोक्य्राटहरूलाई हस्तान्तरण गर्न सहमति जनाएको थियो ।

गत जुलाईमा हमासले इजरायलले सबै प्रकारका आक्रमण बन्द गरेर आफ्ना सेना फिर्ता बोलाएमा हतियार बिसाउने (निसस्त्रीकरण) योजना स्वीकार गरेको थियो । तर इजरायली प्रधानमन्त्री नेतान्याहुले हमास पूर्ण रूपमा निसस्त्र नभएसम्म इजरायली सेना गाजामै रहने भन्दै सो प्रस्ताव अस्वीकार गरेका थिए ।

अमेरिकी मध्यस्थतामा भएको युद्धविराम लागू भएयता पनि इजरायली आक्रमणमा एक हजार बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा ३०० जना बालबालिका रहेका छन् । इजरायली सेनाका अनुसार सोही अवधिमा उनका ५ जना सैनिक र १ जना ठेकेदारको ज्यान गएको छ ।

गत अगस्टमा बोर्ड अफ पिसका वरिष्ठ अधिकारी निकोले म्लादेनोभले इजरायलको निरन्तरको हवाई आक्रमण र हमासका गतिविधिहरूको आलोचना गर्दै युद्धविराम भत्किनु यो क्षेत्रका लागि ‘फर्कन नसकिने बिन्दु’ हुने चेतावनी दिएका थिए ।

सुरुमा गाजामा शान्ति कायम गर्ने उद्देश्यले गठन गरिएको ‘बोर्ड अफ पिस’ले पछि आफ्नो दायरा बढाएर विश्वभरका अन्य द्वन्द्वहरूमा पनि काम गर्न थालेको छ ।

(बीबीसीबाट)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास सुरक्षित रूपमा गर्न अमेरिका र चीनले सुनिश्चित गर्नुपर्ने बताएका छन् । अमेरिका–चीन सम्बन्ध रणनीतिक स्थिरतामा आधारित रहेको उल्लेख गर्दै सीले वर्तमान समयमा दुवै देशले ऐतिहासिक जिम्मेवारी वहन गर्नुपर्ने बताएका हुन् । ‘चीन र अमेरिका दुवै कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा अग्रणी राष्ट्र हुन्,’ ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका–चीन सम्बन्धमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन् । ह्वाइट हाउसमा सम्बोधनका क्रममा दुवै नेताले लिखित मन्तव्य दिएका थिए र सञ्चारकर्मीका प्रश्न लिएनन् । ट्रम्पले अमेरिका र चीनबीच दीर्घकालीन र गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै दोस्रो विश्वयुद्धका बेला दुवै देशबीच भएको सहकार्यलाई स्मरण गरे । उनले आफू र सीले ...
संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा इरान र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघची र युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिहाबीच न्यूयोर्कमा भेटवार्ता भएको हो । गत जुलाईमा क्यास्पियन सागरमा रहेको इरानी व्यावसायिक पानीजहाजमाथि युक्रेनले हमला गरेपछि दुवै देशबीच तनाव बढेको थियो । त्यसयता दुई विदेशमन्त्रीबीच भएको यो पहिलो भेटवार्ता हो । इरानको ...
पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तानी वायुसेनाले अफगानिस्तानका १० स्थानमा हवाई हमला गरेको दाबी गरेका छन् । उनका अनुसार ती स्थानबाट ड्रोन भण्डारण तथा सञ्चालन भइरहेको थियो । बीबीसी उर्दूका अनुसार पाकिस्तानले भने हमला गरिएका स्थानहरूको विस्तृत विवरण सार्वजनिक गरेको छैन । यसअघि बुधबार पाकिस्तानले अफगानिस्तानबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा ड्रोन खसालेको दाबी गरेको थियो ...
। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले नेपालसहित ४७ देशका नागरिकलाई आफ्नो युद्धमा प्रयोग गरिरहेको उल्लेख गर्दै युसी युद्धको हिस्सा नबन्न सबै देशलाई अनुरोध गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले विभिन्न देशका नागरिकलाई छलकपट तथा विभिन्न प्रलोभनमार्फत आफ्नो देशमा पुर्‍याएर युद्धमा प्रयोग गरिरहेको दाबी गरेका छन् । उनले नेपाल, घाना, ताजिकिस्तान, भारत, यमन, केन्या, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम