मुख्य समाचार
जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

। जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा हुने खेल बिहान पौने ११ बजेदेखि सुरु हुनेछ । त्यसअघि ओमान र हङकङबीचको खेल अहिले भइरहेको छ ।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको छ ।

समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलमा पुगे नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ ।

यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको मिक्तस डबल्समा नेपालका दुवै जोडी पहिलो चरणबाटै बाहिरिएका छन् । इचिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा शुक्रबार भएको खेलमा प्रफुल महर्जन र रशिला महर्जनको जोडी चाइनिज ताइपेइका ये होङ–वेई र चान निकोल गोन्जालेससँग २–० को सोझो सेटमा पराजित भयो । नेपाली जोडीले पहिलो सेट १४–२१ र दोस्रो सेट ९–२१ ले गुमायो । यस्तै, ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा १९-१३ को जित निकालेको नेपाल दोस्रो हाफमा १५-१२ ले अघि रहँदै समग्रमा ३४-२५ ले विजयी भएको हो । यसअघि थाइल्यान्डलाई हराएको नेपाल चाइनिज ताइपेइसँग पराजित ...
। जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले सान्त्वना जित निकालेको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि ७३–५२ को जित हासिल गरेको हो । नेपालले पहिलो हाफमै ३७–२१ को बलियो अग्रता बनाएको थियो । दोस्रो हाफमा ३६–३१ को प्रतिस्पर्धा रहेपनि समग्रमा नेपाल २१ अंकले विजयी बन्यो । नेपाल यसअघि लगातार तीन खेलमा पराजित ...
। पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन् । जनकपुरले सामाजिक सञ्जालमार्फत ३६ वर्षीय इफ्तिखारलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको घोषणा गरेको हो । दायाँहाते ब्याटर इफ्तिखार अफस्पीन बलिङसमेत गर्ने अलराउन्डर हुन् । इफ्तिखारले पाकिस्तानका लागि ६६ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ९९८ रन बनाएका छन् । ...
। २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको हो । १३० रनको लक्ष्य पछ्याएको जापान १९.३ ओभरमा ८१ रनमा अलआउट भयो । जापानका लागि रियो साकुरानो थोमसले सर्वाधिक २३ रन बनाए । बेन्जामिन इटो डेभिसले १७ तथा कप्तान केन्डल काडोवाकी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम