मुख्य समाचार
संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा इरान र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता
संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा इरान र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा इरान र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघची र युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिहाबीच न्यूयोर्कमा भेटवार्ता भएको हो ।

गत जुलाईमा क्यास्पियन सागरमा रहेको इरानी व्यावसायिक पानीजहाजमाथि युक्रेनले हमला गरेपछि दुवै देशबीच तनाव बढेको थियो । त्यसयता दुई विदेशमन्त्रीबीच भएको यो पहिलो भेटवार्ता हो ।

इरानको विदेश मन्त्रालयका अनुसार भेटवार्तामा उक्त घटनासँग सम्बन्धित विषय समाधान गर्ने उपायबारे दुवै पक्षले छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास सुरक्षित रूपमा गर्न अमेरिका र चीनले सुनिश्चित गर्नुपर्ने बताएका छन् । अमेरिका–चीन सम्बन्ध रणनीतिक स्थिरतामा आधारित रहेको उल्लेख गर्दै सीले वर्तमान समयमा दुवै देशले ऐतिहासिक जिम्मेवारी वहन गर्नुपर्ने बताएका हुन् । ‘चीन र अमेरिका दुवै कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा अग्रणी राष्ट्र हुन्,’ ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका–चीन सम्बन्धमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन् । ह्वाइट हाउसमा सम्बोधनका क्रममा दुवै नेताले लिखित मन्तव्य दिएका थिए र सञ्चारकर्मीका प्रश्न लिएनन् । ट्रम्पले अमेरिका र चीनबीच दीर्घकालीन र गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै दोस्रो विश्वयुद्धका बेला दुवै देशबीच भएको सहकार्यलाई स्मरण गरे । उनले आफू र सीले ...
संयुक्त राष्ट्रसङ्घको महासभाको साइडलाइनमा बसेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को बैठकले गाजाको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड अमेरिकी डलरको अल्पकालीन योजना घोषणा गरेको छ । यो रकम आगामी छ महिनाभित्र आवास, डिजेल, बिजुली उत्पादन र फोहोर व्यवस्थापनसहित ६६ वटा विभिन्न कार्यक्रमहरूमा खर्च गरिने जनाइएको छ । यद्यपि, गाजाको पूर्ण पुनर्निर्माण र दिगो सुधारका ...
पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तानी वायुसेनाले अफगानिस्तानका १० स्थानमा हवाई हमला गरेको दाबी गरेका छन् । उनका अनुसार ती स्थानबाट ड्रोन भण्डारण तथा सञ्चालन भइरहेको थियो । बीबीसी उर्दूका अनुसार पाकिस्तानले भने हमला गरिएका स्थानहरूको विस्तृत विवरण सार्वजनिक गरेको छैन । यसअघि बुधबार पाकिस्तानले अफगानिस्तानबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा ड्रोन खसालेको दाबी गरेको थियो ...
। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले नेपालसहित ४७ देशका नागरिकलाई आफ्नो युद्धमा प्रयोग गरिरहेको उल्लेख गर्दै युसी युद्धको हिस्सा नबन्न सबै देशलाई अनुरोध गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले विभिन्न देशका नागरिकलाई छलकपट तथा विभिन्न प्रलोभनमार्फत आफ्नो देशमा पुर्‍याएर युद्धमा प्रयोग गरिरहेको दाबी गरेका छन् । उनले नेपाल, घाना, ताजिकिस्तान, भारत, यमन, केन्या, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम