। अविरल वर्षापछिको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि सबै सवारीसाधनहरू धुलिखेल चोकमा ‘होल्ड’ गरिएको छ ।
वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशीले विभिन्न स्थानमा सडक कटानगरेपछि राजमार्ग अवरुद्ध छ ।
बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए ।
उनका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ भने चौकीडाँडामा रोशी खालाले डाइभर्सन कटान गरेको छ ।
अहिले पनि वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने भएकोले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।