मुख्य समाचार
२०औं एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले सान्त्वना जित
२०औं एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले सान्त्वना जित

। जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले सान्त्वना जित निकालेको छ ।

बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि ७३–५२ को जित हासिल गरेको हो ।
नेपालले पहिलो हाफमै ३७–२१ को बलियो अग्रता बनाएको थियो । दोस्रो हाफमा ३६–३१ को प्रतिस्पर्धा रहेपनि समग्रमा नेपाल २१ अंकले विजयी बन्यो ।

नेपाल यसअघि लगातार तीन खेलमा पराजित हुँदै सेमिफाइनल होडबाट बाहिरिइसकेको थियो ।

मलेसियामाथिको जितसँगै नेपालले समूह चरणको अन्त्य सान्त्वना जितसहित गरेको छ ।

महिला टोलीले आजै श्रीलंकासँग समूह चरणको अन्तिम खेल खेल्दैछ । महिला टोली सेमिफाइनल होडमा कायमै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा १९-१३ को जित निकालेको नेपाल दोस्रो हाफमा १५-१२ ले अघि रहँदै समग्रमा ३४-२५ ले विजयी भएको हो । यसअघि थाइल्यान्डलाई हराएको नेपाल चाइनिज ताइपेइसँग पराजित ...
। पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन् । जनकपुरले सामाजिक सञ्जालमार्फत ३६ वर्षीय इफ्तिखारलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको घोषणा गरेको हो । दायाँहाते ब्याटर इफ्तिखार अफस्पीन बलिङसमेत गर्ने अलराउन्डर हुन् । इफ्तिखारले पाकिस्तानका लागि ६६ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ९९८ रन बनाएका छन् । ...
। २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको हो । १३० रनको लक्ष्य पछ्याएको जापान १९.३ ओभरमा ८१ रनमा अलआउट भयो । जापानका लागि रियो साकुरानो थोमसले सर्वाधिक २३ रन बनाए । बेन्जामिन इटो डेभिसले १७ तथा कप्तान केन्डल काडोवाकी ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र तेस्रोबाट चौथोमा झरेका हुन् । उनको रेटिङ अंक २५६ नै कायम छ । नेपाली पुरुष टोलीले पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्रभन्दा तल रहेका विल ज्याक्सले हालै श्रीलंकासँगको ...
। अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्ट नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा पनि लुम्बिनी लायन्सबाटै खेल्ने भएका छन् । लुम्बिनीले सामाजिक सञ्जालमार्फत शर्ट अनुबन्ध गरेको जानकारी दिएको हो । उनले गत संस्करणमा लुम्बिनीको उपाधि यात्रामा पूरा सिजन खेलेका थिए । शर्टले पावरप्लेमा खेल पल्टाउने क्षमता राख्छन् । उनले अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी-२०आई खेलिसकेका छन् । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम