मुख्य समाचार
महेश बस्नेतले दशैँ, तिहार र छठपछि सशक्त आन्दोलन हुने बताए
महेश बस्नेतले दशैँ, तिहार र छठपछि सशक्त आन्दोलन हुने बताए

। नेकपा एमालेका सचिव महेश बस्नेतले दशैँ, तिहार र छठपछि सशक्त आन्दोलन हुने बताएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले त्यो आन्दोलनबाट बालेन्द्र शाह नेतृत्वको सरकारको हरिविजोग हुने बताएका छन् ।

‘दशैँ, तिहार र छठपछाडि मधेशदेखि लिएर देशका सबै भूभागका एमालेलगायतका अन्य सबै दल सहभागी भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ,’ नेता बस्नेतले भने, ‘र, बालेन सरकार धेरै हदसम्म हरिविजोग भएर पराजित हुन्छ ।’

पाँच/छ महिनामै बालेन सरकारको मुकुण्डो जनतासामू प्रष्ट भइसकेको बताउँदै उनले जनतामा छरिएका भ्रम पनि निवारण हुन लागेको दाबी गरे ।

जनताका बीचमा एमाले नै आलोचना र आशाको केन्द्रमा रहेको पनि उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालस्थित अस्ट्रेलियाली दूतावासले अस्ट्रेलिया जान चाहने नेपाली नागरिकहरूलाई भिसासम्बन्धी ठगी र दलालहरूको झुटा आश्वासनबाट सावधान रहन आग्रह गरेको छ। दूतावासले शतप्रतिशत भिसा ग्यारेन्टी गर्ने, मोटो रकम अग्रिम माग्ने, पर्यटक भिसामा पनि काम गर्न पाइने वा अस्ट्रेलिया पुगेपछि सजिलै अर्को भिसामा परिणत गर्न सकिने जस्ता प्रलोभन देखाउने एजेन्टहरूदेखि सचेत रहन चेतावनी दिएको छ। यस्ता प्रलोभन र झुटा ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक तथा राजनीतिक नियुक्तिमा पेन्सन तथा उपदान नपाउने गरी कानुन परिमार्जन गर्ने बताएकी छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । पेन्सन तथा उपदान सरकारी सेवा ...
। नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय समिति बैठकबाट पारित अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन एकरूपताका साथ बुझेर कार्यकर्तास्तरसम्म लैजाने निर्णय गरेको छ । बिहीबार केन्द्रीय समिति बैठकअघि बसेको सचिवालय बैठकले यो निर्णय लिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । ‘हिजोको अध्यक्षको प्रतिवेदनले नयाँ कुरा दिएको छ । एउटा एकताको भाव पैदा गरेको छ,’ भट्टले भने, ...
। तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भएका २४ वर्षीय आकाश लामा, सोही ठाउँका ३१ वर्षीय रोहित तामाङ र २४ वर्षीय कृष्ण चौधरी छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो । उनीहरुले कीर्तिपुरका विभिन्न ठाउँहरुबाट ३६ थान तामाका कलसहरु, २ वटा पूजाको थाली, तामाकै वायरिङको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले फोहोरमैलामा हुने राजनीति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘फोहोरमैलामा हुने राजनीतिको अन्त्य हुनुपर्दछ । यो कुरा सबैको कुरा हो’, उनले भने । तर, कस्तो राजनीति भइराखेको छ भनेर थप व्याख्या ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम