मुख्य समाचार
नारायणगढ-मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द
नारायणगढ-मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द

। अविरल वर्षा र त्यसबाट हुन सक्ने बाढी, पहिरो तथा डुबानको विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ।

जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सूचना जारी गरेसँगै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न प्रशासनले यो निर्णय लिएको हो।

जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा यात्रु तथा सवारी चालकहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह गरिएको छ।

साथै, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भएका २४ वर्षीय आकाश लामा, सोही ठाउँका ३१ वर्षीय रोहित तामाङ र २४ वर्षीय कृष्ण चौधरी छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो । उनीहरुले कीर्तिपुरका विभिन्न ठाउँहरुबाट ३६ थान तामाका कलसहरु, २ वटा पूजाको थाली, तामाकै वायरिङको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले फोहोरमैलामा हुने राजनीति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘फोहोरमैलामा हुने राजनीतिको अन्त्य हुनुपर्दछ । यो कुरा सबैको कुरा हो’, उनले भने । तर, कस्तो राजनीति भइराखेको छ भनेर थप व्याख्या ...
। नेकपा एमालेका सचिव महेश बस्नेतले दशैँ, तिहार र छठपछि सशक्त आन्दोलन हुने बताएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले त्यो आन्दोलनबाट बालेन्द्र शाह नेतृत्वको सरकारको हरिविजोग हुने बताएका छन् । ‘दशैँ, तिहार र छठपछाडि मधेशदेखि लिएर देशका सबै भूभागका एमालेलगायतका अन्य सबै दल सहभागी भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ,’ नेता ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले जेन–जी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेञ्चुरीले कानूनसम्मत प्रक्रिया अपनाएर बन्दी युवाहरूलाई दशैँमा घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद सेञ्चुरीले आन्दोलनमा सहभागी भएकै आधारमा ...
। हिमालय एयरलाइन्सले चीनको हाङझाउमा पहिलो पटक सिधा उडान गर्ने भएको छ । कम्पनीले काठमाडौं-हाङझाउ-काठमाडौं उडान घोषणा गरेको हो । कम्पनीको यो नयाँ रुट हुनेछ । यस रुटमा ३० सेप्टेम्बर २०२६ देखि उडान सुरु गर्ने घोषणा कम्पनीले गरेको छ । हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउस्थित हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुई नियमित उडान तालिका सार्वजनिक गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम