मुख्य समाचार
बाढी र पहिरोको जोखिमबारे गम्भीर सतर्कता अपनाउन आग्रह
बाढी र पहिरोको जोखिमबारे गम्भीर सतर्कता अपनाउन आग्रह

। नेपालमा विकसित न्युन चापीय प्रणालीका कारण आगामी केही दिन भारी वर्षाको सम्भावना बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले बाढी र पहिरोको जोखिमबारे गम्भीर सतर्कता अपनाउन आग्रह गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले घरमै बस्ने सूचना मात्र पर्याप्त नभई, पहिरोका पूर्वसंकेतहरू पहिचान गर्न नागरिकलाई सचेत गराउन सरकारको ध्यानाकर्षण गराए ।


सांसद रेग्मीले पहाडी क्षेत्रमा बसोवास गर्ने नागरिकहरूले आफ्नो घर वरपरको भू–धरातलप्रति विशेष निगरानी राख्नुपर्नेमा जोड दिएका छन् । साथै, उनले पहिरो जानुअघि जमिनमा देखिने असामान्य संकेतहरू जस्तै: जमिनमा नयाँ चिरा पर्नु, जमिन धसिनु, रुख वा बिजुलीका खम्बा अस्वाभाविक रूपमा ढल्किनु, घरको जगमा चिरा देखिनु वा पहिले नभएको स्थानबाट अचानक पानी निस्कनुजस्ता लक्षणप्रति सजग रहन आग्रह गरे ।

यस्ता संकेत देखिएमा जोखिमयुक्त घरमा नबसी समयमै सुरक्षित स्थानमा सर्न उनको सुझाव छ ।

विगतमा रातिको समयमा पहिरोले मानिस सुतिरहेकै अवस्थामा घर पुरिँदा ठूलो मानवीय क्षति भएका घटनाहरूलाई स्मरण गर्दै उनले सरकारसँग स्पष्ट माग गरे ।

‘सरकारले घर बाहिर ननिस्कन आग्रह गर्नु सकारात्मक छ, तर घर वरपरको जमिन कत्तिको सुरक्षित छ भन्ने कुराको जानकारी जनतालाई दिनु झनै जरुरी छ,’ उनले भने ।

बाढीको जोखिमलाई मात्र हेर्ने प्रवृत्तिभन्दा माथि उठेर पहिरोको पूर्वसंकेतलाई प्राथमिकताका साथ प्रचार–प्रसार गर्न उनले आग्रह गरेका हुन् ।

आगामी दिनमा एफएम रेडियो, टेलिभिजन, मोबाइल एप्स, कलरिङ ब्याक टोन र सामाजिक सञ्जालमार्फत पहिरोका पूर्वसंकेतबारे सरल भाषामा व्यापक जनचेतना फैलाउन उनले सरकारलाई आग्रह गरे । विपद् आएपछि उद्धारमा जुट्नुभन्दा सही सूचना समयमै जनताको घर–घरमा पुर्‍याएर ज्यान जोगाउनु नै प्रभावकारी विपद् व्यवस्थापन भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले फोहोरमैलामा हुने राजनीति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘फोहोरमैलामा हुने राजनीतिको अन्त्य हुनुपर्दछ । यो कुरा सबैको कुरा हो’, उनले भने । तर, कस्तो राजनीति भइराखेको छ भनेर थप व्याख्या ...
। नेकपा एमालेका सचिव महेश बस्नेतले दशैँ, तिहार र छठपछि सशक्त आन्दोलन हुने बताएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले त्यो आन्दोलनबाट बालेन्द्र शाह नेतृत्वको सरकारको हरिविजोग हुने बताएका छन् । ‘दशैँ, तिहार र छठपछाडि मधेशदेखि लिएर देशका सबै भूभागका एमालेलगायतका अन्य सबै दल सहभागी भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ,’ नेता ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले जेन–जी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेञ्चुरीले कानूनसम्मत प्रक्रिया अपनाएर बन्दी युवाहरूलाई दशैँमा घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद सेञ्चुरीले आन्दोलनमा सहभागी भएकै आधारमा ...
। हिमालय एयरलाइन्सले चीनको हाङझाउमा पहिलो पटक सिधा उडान गर्ने भएको छ । कम्पनीले काठमाडौं-हाङझाउ-काठमाडौं उडान घोषणा गरेको हो । कम्पनीको यो नयाँ रुट हुनेछ । यस रुटमा ३० सेप्टेम्बर २०२६ देखि उडान सुरु गर्ने घोषणा कम्पनीले गरेको छ । हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउस्थित हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुई नियमित उडान तालिका सार्वजनिक गरेको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले संसद्को क्यान्टिन महंगो भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘क्यान्टिनको बारेमा बोल्दा उहाँ (सोल्टी होटल)लाई नै दिए पनि हुन्छ । तर, रेटको कम्प्रमाइजको कुरा र सस्तो आइटमहरूको पनि केही कुरा गर्नुपर्छ जस्तो लाग्छ’, उनले भने । कुन रेट र कस्तो रेट भनेर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम