मुख्य समाचार
संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणमा लाग्दै आएको शुल्क ५० प्रतिशत घट्ने
संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणमा लाग्दै आएको शुल्क ५० प्रतिशत घट्ने

। संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणमा लाग्दै आएको शुल्क ५० प्रतिशत घट्ने भएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा संघको प्रतिनिधिमण्डलले नेपालस्थित युएईका राजदूतसँग गरेको भेटवार्तामा यस्तो सहमति भएको संघले जनाएको छ।
संघका अनुसार अक्टोबर २०२६ देखि युएई रोजगारीमा जाने नेपाली श्रमिकको प्रहरी रिपोर्ट प्रमाणीकरण शुल्कमा ५० प्रतिशत छुट दिइनेछ। यस्तै, हाल रिपोर्ट प्रमाणीकरणका लागि लाग्दै आएको समय घटाएर तीन कार्यदिनभित्र प्रक्रिया सम्पन्न हुने व्यवस्था मिलाइएको जानकारी संघका महासचिव हिरा बहादुर डाँगीले जानकारी दिए।

हाल युएईले नेपाली श्रमिकको प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि ३५३ दिराम अर्थात् १४ हजार भन्दा बढी शुल्क लिने गरेको छ। अब अक्टोबरबाट ५० प्रतिशत शुल्क घटाउने जानकारी गराएको महासचिव डाँगीले बताए ।

संघले उक्त प्रमाणीकरणको प्रक्रिया नै हटाउन माग गरेको थियो। तर, उक्त प्रक्रिया युगईको आन्तरिक सुरक्षा व्यवस्थासँग सम्बन्धित भएकाले पूर्णरूपमा हटाउन सम्भव नभएको राजदूतले बताएका थिए।

यस्तै, भ्रमण तथा व्यावसायिक भिसामा युएई जाने नेपाली नागरिकलाई प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न नपर्ने व्यवस्था निकट भविष्यमा मिलाउने प्रतिबद्धता समेत राजदूतले व्यक्त गरेको संघले जनाएको छ।

गत वर्षको भदौमा नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले प्रहरी रिपोर्टका लागि १४ हजार भन्दा बढि शुल्क लिदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले फोहोरमैलामा हुने राजनीति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘फोहोरमैलामा हुने राजनीतिको अन्त्य हुनुपर्दछ । यो कुरा सबैको कुरा हो’, उनले भने । तर, कस्तो राजनीति भइराखेको छ भनेर थप व्याख्या ...
। नेकपा एमालेका सचिव महेश बस्नेतले दशैँ, तिहार र छठपछि सशक्त आन्दोलन हुने बताएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले त्यो आन्दोलनबाट बालेन्द्र शाह नेतृत्वको सरकारको हरिविजोग हुने बताएका छन् । ‘दशैँ, तिहार र छठपछाडि मधेशदेखि लिएर देशका सबै भूभागका एमालेलगायतका अन्य सबै दल सहभागी भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ,’ नेता ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले जेन–जी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेञ्चुरीले कानूनसम्मत प्रक्रिया अपनाएर बन्दी युवाहरूलाई दशैँमा घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद सेञ्चुरीले आन्दोलनमा सहभागी भएकै आधारमा ...
। हिमालय एयरलाइन्सले चीनको हाङझाउमा पहिलो पटक सिधा उडान गर्ने भएको छ । कम्पनीले काठमाडौं-हाङझाउ-काठमाडौं उडान घोषणा गरेको हो । कम्पनीको यो नयाँ रुट हुनेछ । यस रुटमा ३० सेप्टेम्बर २०२६ देखि उडान सुरु गर्ने घोषणा कम्पनीले गरेको छ । हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउस्थित हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुई नियमित उडान तालिका सार्वजनिक गरेको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले संसद्को क्यान्टिन महंगो भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘क्यान्टिनको बारेमा बोल्दा उहाँ (सोल्टी होटल)लाई नै दिए पनि हुन्छ । तर, रेटको कम्प्रमाइजको कुरा र सस्तो आइटमहरूको पनि केही कुरा गर्नुपर्छ जस्तो लाग्छ’, उनले भने । कुन रेट र कस्तो रेट भनेर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम