मुख्य समाचार
मन्त्री सीता बादी र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घ(आईएफआरसी) का एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्युबीच भेटवार्ता
मन्त्री सीता बादी र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घ(आईएफआरसी) का एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्युबीच भेटवार्ता

। महिला, बालबालिकामन्त्री सीता बादी र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घ(आईएफआरसी) का एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्युबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा बुधबार भएको भेटवार्तामा रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, संरक्षण तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्री बादीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार विशेषगरी बाढीबाट प्रभावित महिला, बालबालिका तथा अन्य संवेदनशील समूहको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो ।

मन्त्री बादीले विपद्को कठिन समयमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आईएफआरसीले प्रभावित समुदायका लागि गर्दै आएको मानवीय सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरिन् ।

उनले विपद्का बेला तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित नागरिकको स्वास्थ्य, सुरक्षा, मनोसामाजिक सहयोग र सुरक्षित पुनर्स्थापनालाई पनि समान प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइन् ।

आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा आश्रय, खाद्य सहयोग, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा मोबाइल स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगलगायतका क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।

भेटमा यस्ता सहयोगलाई अझ व्यवस्थित, समन्वित र आवश्यकता भएका समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउने विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टीमा उदाउँदै गरेको नयाँ पुस्तालाई विश्वास गर्न पार्टी नेतृत्वसमक्ष आग्रह गरेका छन् । ललितपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पार्टी आन्दोलन र अवस्था ठिकठाक नभएको सम्झाउँदै यस्तो आग्रह गरेका हुन् । पार्टीप्रतिको विश्वास र भरोसा टुट्दै गएकोप्रति उनले केन्द्रीय कमिटी बैठकमा चिन्ता व्यक्त गरेका ...
। नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने बहस ११ औं महाधिवेशनबाट अस्वीकृत भइसकेको यसलाई थप बहसको विषय बनाउन नहुने धारणा राखेका छन् । बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने बहस पार्टीका विभिन्न तहका बैठक र ११औँ महाधिवेशनबाट अस्वीकृत भइसकेको विषय हो,’ उनले ...
। सरकारले सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ । गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गरेर सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो व्यवस्था रहेका संस्थाहरूको सम्बन्धमा नवीकरण गर्नुअघि जानकारी गराउन भनेको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई उक्त परिपत्र जारी गर्दै मन्त्रालयले त्यस्ता संस्थाहरू नवीकरण ...
। एमाले सचिव महेश बस्नेतले एमालेको हैसियत जोगाउन पुरानै संसद् पुनर्स्थापनामा लाग्नुपर्ने धारणा राखेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले धारणा राख्दै संसद् पुनर्स्थापनाको एजेण्डाको वकालत गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा पनि यो प्रसंग छ । संसद् पुनरस्थापनाको मुद्दा अहिले पनि अदालतमा विचाराधीन रहेकाले त्यसको टुंगो लगाउनेतर्फ लाग्नुपर्ने धारणा राखेका ...
: अपहरण, शरीरबन्धक तथा जबरजस्ती करणी मुद्धामा अदालतबाट १८ वर्ष कैद सजाय पाएका एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–७ बगही टोलका २३ वर्षीय अफरोज अंसारी रहेका छन्। अंसारीलाई कलैया उपमहानगरपालिका-६ स्थित बजार क्षेत्रबाट बुधबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। घलेका अनुसार अंसारीलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम