मुख्य समाचार
अपहरण, शरीरबन्धक तथा जबरजस्ती करणी मुद्धामा अदालतबाट १८ वर्ष कैद सजाय पाएका एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ
अपहरण, शरीरबन्धक तथा जबरजस्ती करणी मुद्धामा अदालतबाट १८ वर्ष कैद सजाय पाएका एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ

: अपहरण, शरीरबन्धक तथा जबरजस्ती करणी मुद्धामा अदालतबाट १८ वर्ष कैद सजाय पाएका एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–७ बगही टोलका २३ वर्षीय अफरोज अंसारी रहेका छन्।

अंसारीलाई कलैया उपमहानगरपालिका-६ स्थित बजार क्षेत्रबाट बुधबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। घलेका अनुसार अंसारीलाई बारा जिल्ला अदालत पेश गरी अदालतको आदेशअनुसार सजाय भुक्तानका लागि वीरगन्ज कारागार पठाइएको बताए।

१२ वर्षीया नाबालिकामाथि अपहरण, शरीरबन्धक तथा जबरजस्ती करणी अभियोगमा अदालतले अंसारीलाई १८ वर्ष कैद, ६ लाख जरिवाना र अपराध पीडित राह कोषमा २४ हजार भराउने फैसला गरेको थियो। उच्च अदालतका न्यायाधीस जगतबहादुर थापा र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलाशले २०८२ पुस २४ गते उक्त फैसला गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टीमा उदाउँदै गरेको नयाँ पुस्तालाई विश्वास गर्न पार्टी नेतृत्वसमक्ष आग्रह गरेका छन् । ललितपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पार्टी आन्दोलन र अवस्था ठिकठाक नभएको सम्झाउँदै यस्तो आग्रह गरेका हुन् । पार्टीप्रतिको विश्वास र भरोसा टुट्दै गएकोप्रति उनले केन्द्रीय कमिटी बैठकमा चिन्ता व्यक्त गरेका ...
। नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने बहस ११ औं महाधिवेशनबाट अस्वीकृत भइसकेको यसलाई थप बहसको विषय बनाउन नहुने धारणा राखेका छन् । बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने बहस पार्टीका विभिन्न तहका बैठक र ११औँ महाधिवेशनबाट अस्वीकृत भइसकेको विषय हो,’ उनले ...
। महिला, बालबालिकामन्त्री सीता बादी र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घ(आईएफआरसी) का एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्युबीच भेटवार्ता भएको छ । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, संरक्षण तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्री बादीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विशेषगरी बाढीबाट प्रभावित महिला, बालबालिका तथा ...
। सरकारले सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ । गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गरेर सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो व्यवस्था रहेका संस्थाहरूको सम्बन्धमा नवीकरण गर्नुअघि जानकारी गराउन भनेको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई उक्त परिपत्र जारी गर्दै मन्त्रालयले त्यस्ता संस्थाहरू नवीकरण ...
। एमाले सचिव महेश बस्नेतले एमालेको हैसियत जोगाउन पुरानै संसद् पुनर्स्थापनामा लाग्नुपर्ने धारणा राखेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले धारणा राख्दै संसद् पुनर्स्थापनाको एजेण्डाको वकालत गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा पनि यो प्रसंग छ । संसद् पुनरस्थापनाको मुद्दा अहिले पनि अदालतमा विचाराधीन रहेकाले त्यसको टुंगो लगाउनेतर्फ लाग्नुपर्ने धारणा राखेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम