मुख्य समाचार
व्यावसायिक भिसा लिएर उद्देश्यविपरीत काममा संलग्न भएको पाइएपछि ८८ जना चिनियाँ नागरिकको भिसा रद्द
व्यावसायिक भिसा लिएर उद्देश्यविपरीत काममा संलग्न भएको पाइएपछि ८८ जना चिनियाँ नागरिकको भिसा रद्द

: व्यावसायिक भिसा लिएर उद्देश्यविपरीत काममा संलग्न भएको पाइएपछि ८८ जना चिनियाँ नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराई निष्कासनको प्रक्रिया अघि बढाइएको छ।

स्रोतका अनुसार सिन्धुलीको मरिण गाउँपालिका-४, साहानस्थित जियान फुड्स प्रालिमा कार्यरत उनीहरूले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिई काम गरेको पाइएको हो।

चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने परियोजनाअन्तर्गत निर्माणाधीन उक्त उद्योगमा चीनको छेङ्दु तियान फुड लिमिटेडको आर्थिक साझेदारी रहेको छ।

अध्यागमन विभागले सम्बन्धित निकायसँगको समन्वयमा गरेको पछिल्लो अनुगमनका क्रममा केही विदेशी नागरिक व्यावसायिक भिसा सिफारिस तथा स्वीकृतिसँग सम्बन्धित व्यवसाय वा लगानीको उद्देश्यभन्दा फरक प्रकृतिका रोजगारी, श्रम तथा अन्य कार्यमा संलग्न रहेको पाएको जनाएको छ।

भिसाको उद्देश्यविपरीत काम गरेको पाइएपछि उनीहरूको व्यावसायिक भिसा रद्द गरिएको अध्यागमन स्रोतको भनाइ छ। उनीहरूलाई अध्यागमन ऐन, २०४९ बमोजिम जरिवाना गरी निष्कासनको प्रक्रिया अघि बढाइएको हो।

अध्यागमन नियमावली, २०५१ अनुसार व्यावसायिक भिसा प्राप्त गरेका विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा लिएका हुन्, सोही उद्देश्यअनुसार नेपालमा बस्नुपर्ने व्यवस्था छ। यस्तो भिसा रोजगारी, श्रम वा अन्य असम्बन्धित कार्यका लागि प्रयोग गर्न पाइँदैन।

सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र सर्तअनुसारका गतिविधिमा मात्र संलग्न हुन विभागले अनुरोध गर्दै आएको छ। सम्बन्धित उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई उपयुक्त भिसा र स्वीकृतिबिना विदेशी नागरिकलाई रोजगारीमा नलगाउन निर्देशन पनि दिँदै आएको छ।

अन्नपूर्णपोस्ट डटकमले यसअघि मासु प्रशोधन उद्योगमा सयौं चिनियाँ नागरिकले भिसाको दुरुपयोग गर्दै काम गरिरहेको खुलासा गरेको थियो। निर्माणाधीन उद्योगमा ५०१ जना चिनियाँ नागरिक कार्यरत रहेकोमा अधिकांशले भिसाको दुरुपयोग गरी काम गरिरहेको पाइएको थियो। सिन्धुली प्रशासनले अनुगमन गर्दा भिसाको दुरुपयोग गरी काम गरेको, कोहीको राहदानीसमेत नभएको पाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महिला, बालबालिकामन्त्री सीता बादी र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घ(आईएफआरसी) का एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्युबीच भेटवार्ता भएको छ । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, संरक्षण तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्री बादीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विशेषगरी बाढीबाट प्रभावित महिला, बालबालिका तथा ...
। सरकारले सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ । गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गरेर सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो व्यवस्था रहेका संस्थाहरूको सम्बन्धमा नवीकरण गर्नुअघि जानकारी गराउन भनेको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई उक्त परिपत्र जारी गर्दै मन्त्रालयले त्यस्ता संस्थाहरू नवीकरण ...
। एमाले सचिव महेश बस्नेतले एमालेको हैसियत जोगाउन पुरानै संसद् पुनर्स्थापनामा लाग्नुपर्ने धारणा राखेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले धारणा राख्दै संसद् पुनर्स्थापनाको एजेण्डाको वकालत गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा पनि यो प्रसंग छ । संसद् पुनरस्थापनाको मुद्दा अहिले पनि अदालतमा विचाराधीन रहेकाले त्यसको टुंगो लगाउनेतर्फ लाग्नुपर्ने धारणा राखेका ...
: अपहरण, शरीरबन्धक तथा जबरजस्ती करणी मुद्धामा अदालतबाट १८ वर्ष कैद सजाय पाएका एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–७ बगही टोलका २३ वर्षीय अफरोज अंसारी रहेका छन्। अंसारीलाई कलैया उपमहानगरपालिका-६ स्थित बजार क्षेत्रबाट बुधबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। घलेका अनुसार अंसारीलाई ...
: कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच भेटवार्ता भएको छ। ​भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। ​त्यस अवसरमा कृषि मन्त्री चौधरीले डब्लुडब्लुएफद्वारा रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि उपलब्ध गराइएको १ करोड ५० ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम