। भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान करिब चार बजे बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा २१ वर्षीय किशोरको मृत्यु भएको हो ।
उनको भक्तपुरको अस्पतालमा उपचारका लागि पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको मोटरसाइकल र मृतकको थप विवरण खुलेको छैन ।
गएराति काठमाडौं उपत्यकामा थप १० वटा सवारी दुर्घटना भएकोमा १० जना सामान्य घाइते भएका छन् ।