मुख्य समाचार
जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता
जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आज जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँग भएको द्विपक्षीय ‘साइडलाइन’ भेटवार्तामा मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशील, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिमा थप लगानीको आवश्यकता औँल्याएका हुन् ।

भेटवार्तामा मन्त्री खनालले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति जर्मन सरकार तथा जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे।

उनले भने, ‘नेपालले विपद्पछिको पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणका कार्य अघि बढाइरहेको छ । यस क्रममा जलवायु उत्थानशील, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिमा थप लगानी अत्यावश्यक छ ।’

मन्त्री खनालले नेपालको विकास प्रक्रियामा जर्मनीले लामो समयदेखि पुर्‍याउँदै आएको महत्वपूर्ण सहयोगको प्रशंसा गर्दै जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्नु विश्व समुदायको साझा जिम्मेवारी भएकामा जोड दिएको उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा जर्मनीकी मन्त्री राडोभानले नेपालमा पछिल्लो पटक उत्पन्न ‘विनाशकारी विपद्लाई विश्वव्यापी साझा चुनौती’का रूपमा लिनुपर्ने बताउँदै जर्मनी नेपाललाई वित्तीय तथा मानवीय सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

भेटवार्तामा नेपाल–जर्मनीबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान हुनुका साथै पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई आगामी दिनमा थप सुदृढ र गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ । गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गरेर सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो व्यवस्था रहेका संस्थाहरूको सम्बन्धमा नवीकरण गर्नुअघि जानकारी गराउन भनेको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई उक्त परिपत्र जारी गर्दै मन्त्रालयले त्यस्ता संस्थाहरू नवीकरण ...
। एमाले सचिव महेश बस्नेतले एमालेको हैसियत जोगाउन पुरानै संसद् पुनर्स्थापनामा लाग्नुपर्ने धारणा राखेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले धारणा राख्दै संसद् पुनर्स्थापनाको एजेण्डाको वकालत गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा पनि यो प्रसंग छ । संसद् पुनरस्थापनाको मुद्दा अहिले पनि अदालतमा विचाराधीन रहेकाले त्यसको टुंगो लगाउनेतर्फ लाग्नुपर्ने धारणा राखेका ...
: अपहरण, शरीरबन्धक तथा जबरजस्ती करणी मुद्धामा अदालतबाट १८ वर्ष कैद सजाय पाएका एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–७ बगही टोलका २३ वर्षीय अफरोज अंसारी रहेका छन्। अंसारीलाई कलैया उपमहानगरपालिका-६ स्थित बजार क्षेत्रबाट बुधबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। घलेका अनुसार अंसारीलाई ...
: कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच भेटवार्ता भएको छ। ​भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। ​त्यस अवसरमा कृषि मन्त्री चौधरीले डब्लुडब्लुएफद्वारा रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि उपलब्ध गराइएको १ करोड ५० ...
। परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा भेटवार्ता भएको छ । भेटवार्तामा फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरिन् । दुवै मन्त्रीहरूले नेपाल–फिनल्यान्ड सम्बन्धका विविध पक्षका साथै बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा विचार आदानप्रदान गरेका थिए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम