: राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थ मन्त्री वाग्लेलाई दिइएको छ।
प्रधानमन्त्री शाह महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेका हुन्।