मुख्य समाचार
मनास्लु हिमपहिरोमा परी नेपाली गाइडसहित दुई जनाको मृत्यु
मनास्लु हिमपहिरोमा परी नेपाली गाइडसहित दुई जनाको मृत्यु

: मनास्लुको हिउँ पहिरोमा पुरिएर मृत्यु भएका दुईजनाको शव काठमाडौँ लगिएको छ । मनास्लुको फेदीमा रहेको चुमनुब्री १ सामागाउँबाट बुधबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी मकालु २ संखुवासभाका फुर्सेम्बा शेर्पाको गत आइतबार राती तेस्रो शिविरमा हिमपहिरोमा पुरिएर मृत्यु भएको थियो ।

घटना भएको तीन दिनपछि उनीहरुको शव मंगलबार अपराह्न ५ बजे सामागाउँ ल्याइएको थियो । सामागाउँबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए ।

यससंगै मनास्लुमा यो सिजनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि सिंगापुरका आरोही ५० बर्षका लाउ वी सेङको पनि दोस्रो शिविरमा मृत्यु भएको थियो । त्यस्तै नेपाली सहयोगी २० बर्षका टासी शेर्पाको पनि आधारशिविरमा मृत्यु भएको थियो ।

किलर माउण्टेनको नामले चिनिने मनास्लु आरोहणका लागि यो सिजनमा ४९३ जना विदेशी आरोहीले अनुमति लिएका छन् । तर प्रतिकूल मौसमका कारण कसैले पनि अहिलेसम्म आरोहण सफल गर्न सकेका छैनन् । भारी हिमपात र अविरल बर्षाका कारण आरोहीहरु धमाधम काठमाडौँ फर्किरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान करिब चार बजे बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा २१ वर्षीय किशोरको मृत्यु भएको हो । उनको भक्तपुरको अस्पतालमा उपचारका लागि पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको मोटरसाइकल र मृतकको थप विवरण खुलेको छैन । गएराति काठमाडौं ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ शीतलबजार नजिक १३ दिनसम्म चट्टान हटाएर सडक विस्तार गरेपछि बुधबारदेखि सडक दुईतर्फी सञ्चालनमा आएको छ। भदौ १० र १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण शीतलबजार क्षेत्रमा सडक करिब चार मिटर कटानमा परेको थियो। सडकको भित्री भागतर्फ कडा चट्टानयुक्त भीर रहेकाले आवश्यक चौडाइ कायम गर्न कठिन भएपछि यस क्षेत्रमा ...
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आज जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँग भएको द्विपक्षीय ‘साइडलाइन’ भेटवार्तामा मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशील, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिमा थप लगानीको आवश्यकता ...
: सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथपछि सूचना तथा सञ्चारमन्त्री डा तिमिल्सिनाले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई विज्ञापन क्षेत्रको ...
। जिल्ला प्रशासन कार्यालय इलामले आज बिहीबार बेलुका ७ बजेदेखि मेची राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएपछि प्रशासनले चार दिनका लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो । गत वर्षको बाढी र पहिरोका कारण इलाम जिल्लाका मेची राजमार्गसहित अन्य भित्री ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम