मुख्य समाचार
अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक
अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक

। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्।

दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्।

एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ओपस ५ भन्दा ४० प्रतिशत कम लागतमा चल्ने दाबी गरेको छ।

ओपस ५.५ को मूल्य प्रति मिलियन इनपुट टोकन ४ डलर र प्रति मिलियन आउटपुट टोकन २० डलर छ, जुन ओपस ५ भन्दा २० प्रतिशत सस्तो हो।

त्यस्तै, ओपनएआईले जीपीटी–६ सोल र जीपीटी–६ लुना नामको दुई नयाँ मोडलहरू सार्वजनिक गरेको छ, जुन यसको फ्ल्यागसिप जीपीटी–६ एस्ट्रा भन्दा तल्लो स्तरका हुन्।

जीपीटी–६ सोलको मूल्य प्रति मिलियन इनपुट टोकन २ डलर र आउटपुट टोकन १० डलर छ, जुन अघिल्लो संस्करणभन्दा आधा हो। लुनाको मूल्य प्रति मिलियन इनपुट टोकन ०.१० डलर र आउटपुट टोकन ०.५० डलर छ।

दुवै कम्पनीको यो कदम ग्राहकहरू सस्तो ओपनसोर्स मोडलहरूतर्फ सर्दै गरेको र चीनका कम्पनीहरूसँगको प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा आएको हो।

यद्यपि, एआई सुरक्षा विज्ञहरूले यस्ता कुरालाई लिएर चिन्ता व्यक्त गरेका छन्। सस्तो र शक्तिशाली एआई मोडलहरूको द्रुत विस्तारले दुरुपयोग, साइबर हमला र गलत सूचना फैलाउने जोखिम बढाउन सक्ने चिन्ता उनीहरुको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
। एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकासको गति घटाउन र त्यसको नजिकबाट निगरानी गर्न आह्वान गरेका छन् । शनिबार प्रकाशित एक लेटरमा अमोडेईले एआई विकास रोक्ने विषयमा बहस नभएको बताएका हुन् । यसबाट उत्पन्न हुन सक्ने जोखिम गम्भीर रहेकाले कम्पनी र सरकारहरूलाई त्यसको समाधानका लागि पर्याप्त समय दिनुपर्ने उनको ...
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम