मुख्य समाचार
भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूलाई ‘मृतक सरह’को कानूनी मान्यता दिन सरकारको ध्यानाकर्षण
भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूलाई ‘मृतक सरह’को कानूनी मान्यता दिन सरकारको ध्यानाकर्षण

। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूलाई ‘मृतक सरह’को कानूनी मान्यता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले बेपत्ताका परिवारले भोग्नुपरेको आर्थिक र कानूनी जटिलता समाधानका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रमुख सचेतक दुलालले बाढीपहिरोमा बेपत्ता भएका व्यक्तिका परिवारले राहत पाउन नसकेको र उनीहरूको दैनिक आर्थिक कारोबारसमेत ठप्प भएको भन्दै चिन्ता व्यक्त गरे ।

‘सुनकोशी, भोटेकोशी र त्रिशूलीको बाढीमा बेपत्ता भएका नागरिकका परिवारले प्राप्त गर्नुपर्ने राहत तथा आर्थिक कारोबारसमेत रोकिएको अवस्था छ । त्यसैले बेपत्ता नागरिकलाई मृतकसरह कानूनी हैसियत प्रदान गर्नुपर्ने परिवारहरूको पटक–पटकको मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

यसैगरी, मलेसियाको वैदेशिक रोजगारीमा सिर्जित पछिल्लो सिन्डिकेटको विषयमा पनि उनले आपत्ति जनाए । इतिहासमै पहिलो पटक मलेसिया जाने कामदारका लागि सिन्डिकेट लागू गरी ११ सयभन्दा बढी म्यानपावर कम्पनीमध्ये केवल २५ वटालाई मात्र रोजगारदाता छनोटको अधिकार दिइएको विषयले नेपाली बजारमा समस्या खडा गरेको उनको भनाइ छ ।

‘मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा इतिहासमै पहिलो पटक सिन्डिकेट लागू गरी १,१०० भन्दा बढी रोजगारदातामध्ये २५ वटा कम्पनीमार्फत मात्र श्रमिक पठाउने व्यवस्था गरिएको भन्ने विषय सार्वजनिक भएको छ,’ उनले भने, ‘यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूले मलेसियाली समकक्षीसँग असन्तुष्टि व्यक्त गर्नुभएको समाचार पनि आएको छ । त्यसैले सम्बन्धित मन्त्रालयले कुटनीतिक पहल गरी उक्त व्यवस्था तत्काल खारेज गर्न र सबै म्यानपावर कम्पनीले प्रतिस्पर्धात्मक रूपमा श्रमिक पठाउन पाउने वातावरण सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रधानमन्त्रीले मलेसियाली समकक्षीसँग यो विषयमा असन्तुष्टि व्यक्त गरिसकेको भएपनि व्यावहारिक रूपमा सिन्डिकेट कायमै रहनु गम्भीर विषय भएको दुलालको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फ्लाइ दुबईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गरेको छ। आज दुबईबाट ११३ जना यात्रु बोकेर फ्लाइ दुबईको जहाज पोखरामा अवतरण भएको हो। उक्त जहाजले फर्किँदा १५३ जना यात्रु बोकेर जानेछ। विमास्थलमा पानीका फोहोराले विमानको स्वागत गरियो। त्यस्तै पोखरेलीले यात्रुहरूको पनि स्वागत गरे। यात्रुका आफन्त पनि स्वागतका लागि विमानस्थलमा पुगेका थिए।
। सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको ट्र्याक निर्माणको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बीपी राजमार्गको ट्र्याक निर्माणको काम केही दिनलाई स्थगित गर्ने तयारी रहेको जानकारी दिए । ‘सम्भावित वर्षा, पहिरो तथा सडकमा आउनसक्ने चुनौतीलाई मध्यनजर गर्दै ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रसुवा बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि प्राप्त १ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कृषिमन्त्री गिता चौधरीले कार्यवाहक प्रधानमन्त्री वाग्लेसँग भेटवार्ता गर्दै उक्त रकम हस्तान्तरण गरेकी हुन् । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) ले रसुवा बाढी प्रभावित नागरिकको सहयोगार्थ उपलब्ध गराएको उक्त ...
। बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ । साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले सबैलाई आग्रह गरेको छ । बिहीबारदेखि रातिको समयमा ...
। एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीभित्र सबैभन्दा धेरै अवसर पाउने नेताहरू नै असन्तुष्ट देखिनुको कारणबारे प्रश्न उठाएका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ज्ञवालीले अवसर दिँदा मूल्याङ्कन नभएको हो कि ‘सन्देश नै प्राप्ति हो’ भन्ने सोच विकास भएको हो भन्ने प्रश्न गरेका हुन्। ‘सबैभन्दा धेरै अवसर पाउने नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो ? ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम