मुख्य समाचार
विदेशी भुक्तानी सेवा प्रदायकहरूको नेपाल आगमनले आर्थिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने
विदेशी भुक्तानी सेवा प्रदायकहरूको नेपाल आगमनले आर्थिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने

। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर बयकले विदेशी भुक्तानी सेवा प्रदायकहरूको नेपाल आगमनले आर्थिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले पुँजी पलायन, साइबर सुरक्षा र स्वदेशी कम्पनीको संरक्षणमा सरकार थप सजग हुनुपर्नेमा जोड दिए ।

सांसद बयकले विश्वव्यापी रूपमा फैलिएको आर्थिक सञ्जाल र डिजिटल भुक्तानीको बढ्दो प्रभावलाई मध्यनजर गर्दै विधेयकले विदेशी सेवा प्रदायकलाई बजारमा प्रवेश गराउने प्रावधान ल्याउनु सकारात्मक कदम भएको बताए । यसले प्रविधि हस्तान्तरण र बजारमा स्वस्थ प्रतिष्पर्धाको वातावरण सिर्जना गर्ने उनको अपेक्षा छ ।

उनले विधेयकका केही प्राविधिक पक्षहरूमा गम्भीर प्रश्न उठाए । विशेषगरी विदेशी कम्पनीहरूले आर्जन गर्ने मुनाफा फिर्ता लैजाँदा मुलुकको विदेशी विनिमय सञ्चितिमा पर्न सक्ने प्रभावप्रति उनले चिन्ता व्यक्त गरे ।

बढ्दो डिजिटल वित्तीय अपराधलाई रोक्न कडा कानूनी प्रावधान आवश्यक रहेको औंल्याउँदै उनले स्वदेशी कम्पनीहरूलाई विदेशी दिग्गजहरूसँग प्रतिष्पर्धा गर्न सक्षम बनाउन सरकारले संरक्षणमुखी नीति लिनुपर्ने आवश्यकतामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीभित्र सबैभन्दा धेरै अवसर पाउने नेताहरू नै असन्तुष्ट देखिनुको कारणबारे प्रश्न उठाएका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ज्ञवालीले अवसर दिँदा मूल्याङ्कन नभएको हो कि ‘सन्देश नै प्राप्ति हो’ भन्ने सोच विकास भएको हो भन्ने प्रश्न गरेका हुन्। ‘सबैभन्दा धेरै अवसर पाउने नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो ? ...
। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूलाई ‘मृतक सरह’को कानूनी मान्यता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले बेपत्ताका परिवारले भोग्नुपरेको आर्थिक र कानूनी जटिलता समाधानका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रमुख सचेतक दुलालले बाढीपहिरोमा बेपत्ता भएका व्यक्तिका परिवारले राहत पाउन ...
। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणको लागि आवश्यक उपकरण, सामग्री तथा प्रविधि उपलब्ध गराएको छ । रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए प्रोफाइलिङ गर्न चीनले नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो । बुधबार विज्ञान तथा प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा आयोजित एक कार्यक्रममा ...
। प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पेश गर्नुभएको उक्त विधेयकलाई सदनले विचारार्थ प्रश्तुत गर्न अनुमति प्रदान गरेको हो । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रश्तुत गरे । मन्त्री लम्सालले सो विधेयक प्रश्तुत गर्न अनुमति माग्दै पेश गरेको प्रस्तावमाथि कुनैपनि ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि उठेका जिज्ञासाहरूको जवाफ दिँदै उनले सांसदहरूले व्यक्त गरेको साझा चिन्ता र सान्दर्भिक सुझावहरूको कदर गर्दै विधेयकले कोषलाई थप सशक्त बनाउने दाबी गरे ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम