। विदेश लैजान लागिएको ठूलो मात्रामा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।
यात्रुले विदेश लैजान लागेको ब्यागेज एक्स–रे मेसिनमा जाँच गर्दा संकास्पद देखिएको थियो । त्यसपछि खानतलासी गरेर हेर्दा ठूलो मात्रामा चुरोट, करेन्ट, भोलाहरू बरामद भएको प्रहरीले बताएको छ ।
विभिन्न ब्राण्डका ७२० प्याकेट चुरोट र जित, सुपर पावर, भोला, मेघाश्री, करेन्ट गरी ६९ पोका बरामद भएको प्रहरीले बताएको छ ।
बरामद सामान विमानस्थल भन्सारमा पठाइएको विमानस्थल प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले बताए ।