मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रसंघको ८१औँ अधिवेशनको नाराले नेपालका आधारभूत मूल्य–मान्यतासँग मेल खाएको बताए
परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रसंघको ८१औँ अधिवेशनको नाराले नेपालका आधारभूत मूल्य–मान्यतासँग मेल खाएको बताए

: संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रसंघको ८१औँ अधिवेशनको नाराले नेपालका आधारभूत मूल्य–मान्यतासँग मेल खाएको बताएका छन्।

सामाजिक सञ्जाल फेसुबकमार्फत खनालले अधिवेशनको नाराले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनप्रति नेपालको अटल विश्वास, विश्व शान्ति प्रवर्द्धन, मानव मर्यादाको रक्षा र दिगो विकासलाई अघि बढाउने नेपालको दृढ प्रतिबद्धतालाई प्रतिविम्बित गरेको बताएका हुन्।

संयुक्त राष्ट्रसंघ ८१औँ अधिवेशनको नारा ‘विश्वासको पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन, सबैका लागि नतिजा दिने संयुक्त राष्ट्रसंघ’ तय गरिएको छ।

मन्त्री खनालले प्रधानमन्त्री वालेन्द्र शाहले २४ सेप्टेम्बरमा महासभासमक्ष नेपालको तर्फबाट राष्ट्रिय सम्बोधन गर्ने जानकारी समेत गराएका छन्। उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह मगंलबार बेलुकी अमेरिका प्रस्थान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सादा पोसाकका प्रहरी हौं भन्दै रकम असुल्ने २ जना पक्राउ परेका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकाेटस्थित एक स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने चन्द्रागिरी–२ का ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीया संजय बिसुंखे पक्राउ परेका हुन्। उनीहरुले आफूहरु सादा पोसाकका प्रहरी भएको र मेडिकल अनुगमनमा आएको भन्दै क्लिनिकमा गएर डर, त्रास र धाकधम्की देखाएर रकम ...
: सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको तयार ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ मा सहिदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचयपत्रवाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ। मापदन्डअनुसार ...
: भोटेकोशी बाढीबाट १५ महिनाका शिशुदेखि १८ वर्षमुनिका करिब १७ हजार बालबालिका प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार होल्डिङ सेन्टरहरूमा १ हजार २ सय ३३ जना भेटिएका थिए। हाल होल्डिङ सेन्टरको संख्या ४० बाट घटेर १२ मा आएको छ। दोस्रो चरणको विस्तृत स्क्रिनिङका क्रममा ५ सय ९ जना बालबालिकाको व्यक्तिगत प्रोफाइल तयार पारिएकोमा रसुवामा ...
: नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। समितिमा समितिमा प्रकाश ज्वाला, देव गुरुङ र गंगानारायण श्रेष्ठ रहेका छन्। वार्ता समितिले बुधबारबाट नै काम सुरु गर्ने र ...
: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक बुधबारदेखि अन्तरदेशीय उडान सुरु हुँदैछ। फ्लाई दुबईले दुबई–पोखरा, पोखरा–दुबई दैनिक नियमित व्यावसायिक उडान सेवा सुरु गर्न लागेको हो। बुधबार साँझ ६ः१५ बजे फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ। बुधबार साँझ नै जहाजले पोखराबाट प्यासेन्जर लिएर दुबईका लागि उडान भर्नेछ। पोखराबाट दुबईमा ट्रान्जिट भएर विभिन्न देशको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम