मुख्य समाचार
सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने
सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने

: सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको तयार ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ मा सहिदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचयपत्रवाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ।

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय तहमार्फत उपलब्ध गराइने प्रस्ताव छ। माध्यमिक तहमा कक्षा ९ र १० तथा कक्षा ११ र १२ का लागि नगदसहित पोशाक तथा पाठ्य र सिकाइ सामग्रीबापत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

त्यसैगरी, स्नातक तहसम्म अध्ययनका लागि सबै विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति कोटामध्ये निश्चित कोटा लाभग्राहीका लागि आरक्षण गर्नुपर्ने वेयवस्था गरिएको छ। उक्त कोटामा छनोट हुन नसकेका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगमार्फत नगदसहित छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था पनि मापदन्डमा राखिएको छ। मापदन्डले संस्थागत विद्यालयले प्रचलित कानुनअनुसार उपलब्ध गराउने छात्रवृत्ति कोटामा समेत लाभग्राहीलाई समावेश गर्नुपर्ने व्यवस्था गरेको छ। लाभ लिन आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले विद्यालयमार्फत स्थानीय तहमा आवेदन दिनुपर्नेछ भने स्नातक तहका लागि सम्बन्धित क्याम्पसमार्फत विश्वविद्यालय अनुदान आयोगमा आवेदन दिनुपर्नेछ।

आवेदनसँग लाभग्राही परिचयपत्र, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र, नाता प्रमाणित गर्ने कागजात तथा अध्ययनरत संस्थाको सिफारिस पेस गर्नुपर्ने व्यवस्था मापदन्डमा उल्लेख छ। मन्त्रालयले तयार गरेको पापदन्डमा जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई शिक्षामा समान पहुँच सुनिश्चित गर्ने र आधारभूत तहदेखि स्नातक तहसम्म अध्ययनको अवसर उपलब्ध गराउने उद्देश्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रसंघको ८१औँ अधिवेशनको नाराले नेपालका आधारभूत मूल्य–मान्यतासँग मेल खाएको बताएका छन्। सामाजिक सञ्जाल फेसुबकमार्फत खनालले अधिवेशनको नाराले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनप्रति नेपालको अटल विश्वास, विश्व शान्ति प्रवर्द्धन, मानव मर्यादाको रक्षा र दिगो विकासलाई अघि बढाउने नेपालको दृढ प्रतिबद्धतालाई प्रतिविम्बित गरेको ...
: सादा पोसाकका प्रहरी हौं भन्दै रकम असुल्ने २ जना पक्राउ परेका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकाेटस्थित एक स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने चन्द्रागिरी–२ का ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीया संजय बिसुंखे पक्राउ परेका हुन्। उनीहरुले आफूहरु सादा पोसाकका प्रहरी भएको र मेडिकल अनुगमनमा आएको भन्दै क्लिनिकमा गएर डर, त्रास र धाकधम्की देखाएर रकम ...
: भोटेकोशी बाढीबाट १५ महिनाका शिशुदेखि १८ वर्षमुनिका करिब १७ हजार बालबालिका प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार होल्डिङ सेन्टरहरूमा १ हजार २ सय ३३ जना भेटिएका थिए। हाल होल्डिङ सेन्टरको संख्या ४० बाट घटेर १२ मा आएको छ। दोस्रो चरणको विस्तृत स्क्रिनिङका क्रममा ५ सय ९ जना बालबालिकाको व्यक्तिगत प्रोफाइल तयार पारिएकोमा रसुवामा ...
: नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। समितिमा समितिमा प्रकाश ज्वाला, देव गुरुङ र गंगानारायण श्रेष्ठ रहेका छन्। वार्ता समितिले बुधबारबाट नै काम सुरु गर्ने र ...
: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक बुधबारदेखि अन्तरदेशीय उडान सुरु हुँदैछ। फ्लाई दुबईले दुबई–पोखरा, पोखरा–दुबई दैनिक नियमित व्यावसायिक उडान सेवा सुरु गर्न लागेको हो। बुधबार साँझ ६ः१५ बजे फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ। बुधबार साँझ नै जहाजले पोखराबाट प्यासेन्जर लिएर दुबईका लागि उडान भर्नेछ। पोखराबाट दुबईमा ट्रान्जिट भएर विभिन्न देशको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम