मुख्य समाचार
भोटेकोशी बाढीबाट १५ महिनाका शिशुदेखि १८ वर्षमुनिका करिब १७ हजार बालबालिका प्रभावित
भोटेकोशी बाढीबाट १५ महिनाका शिशुदेखि १८ वर्षमुनिका करिब १७ हजार बालबालिका प्रभावित

: भोटेकोशी बाढीबाट १५ महिनाका शिशुदेखि १८ वर्षमुनिका करिब १७ हजार बालबालिका प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार होल्डिङ सेन्टरहरूमा १ हजार २ सय ३३ जना भेटिएका थिए। हाल होल्डिङ सेन्टरको संख्या ४० बाट घटेर १२ मा आएको छ।

दोस्रो चरणको विस्तृत स्क्रिनिङका क्रममा ५ सय ९ जना बालबालिकाको व्यक्तिगत प्रोफाइल तयार पारिएकोमा रसुवामा ७५ जना, नुवाकोटमा २ सय १४ र काठमाडौंमा २ सय २० कुल १ सय ३४ जनाले अभिभावक गुमाएको पाइएको छ, जसमध्ये २८ जनाले आमाबुवा दुवै, ५० जनाले बुवामात्र र ५२ जनाले आमा मात्र गुमाएका छन्। अझै पनि लेखाजोखाको क्रममा रहेको परिषद्को भनाइ छ।

गत भदौ १० गते गएको भोटेकोशी बाढीबाट आगो अगाडि आफ्नो परिवार, आफन्त, विद्यालय, सहपाठी र साथसाथै आफू जन्मे–हुर्केको घर नदीले बगाएर लगेको दृश्य ती कलिला बालबालिकाको नयनमा कसरी सजिएका हुन्। आमाको काख र बाबाको हात समाउँदै विद्यालय जाने यो उमेरमा सबै एकैचोटि गुमाउँदाको चोट सहने ती बालबालिकाको क्षमता कस्तो होला ! आफूसँगै घरको आँगनमा लुकीछिपी खेल्ने साथी र आँगन गुमाउँदा ती बालबालिकाले कस्ता सपना देख्दा हुन्, सम्झिँदै थर्थराउँछ हरकोहीको मन। नेपालको संविधानको धारा ३९ ले बालबालिकासम्बन्धी हकलाई मौलिक हकको रूपमा व्याख्या गरेको छ। बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद, शारीरिक विकास र मनोरञ्जन लगायतका क्षेत्रमा परिवार र राज्यको दायित्व रहने व्यवस्थाको उल्लेख गरिएको छ। बाढी, पहिरो, भूकम्पजस्ता विपद्को समयमा बालबालिका उच्च जोखिममा हुने भएकाले उनीहरूको विशेष संरक्षण र अधिकार सुनिश्चित गर्नु राज्य र समाजको प्रमुख दायित्व हो।


राष्ट्र बालअधिकार परिषद्का सदस्यसचिव दुर्गाप्रसाद चालिसे बाढीबाट प्रभावित बालबालिकाको व्यवस्थापनमा परिषद् लागि परिरहेको बताएका छन्। उनका अनुसार हाल बालबालिकाहरू खासगरी नुवाकोटको विदुर र रसुवाको उत्तरगयामा केन्द्रित रहेकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले पुनस्र्थापनाका लागि ४ चरणको योजना बनाइएको छ।

उनी भन्छन्, ‘पहिलो चरणमा परिवार तथा आफन्तसँग पुनर्मिलन गराउने, दोस्रो चरणमा नातेदार वा इच्छुक व्यक्तिलाई अदालतको आदेशमार्फत, बाल कल्याण अधिकारीको सिफारिस र सामाजिक प्रतिवेदनका आधारमा फोस्टर केयरमा दिने, तेस्रो चरणमा भाइबहिनीलाई नछुट्ट्याई परिवारमा आधारित हेरचाह गर्ने र अन्य कुनै विकल्प नभएमा अन्तिम चरणमा मात्र अनुमतिप्राप्त बालगृहमा व्यवस्थापन गर्ने रणनीति रहेको छ।’ साथै बालबालिकाको स्वास्थ्य, सुरक्षा र विद्यालयहरूमा पठनपाठनको निरन्तरताका लागि पनि आवश्यक पहल भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रसंघको ८१औँ अधिवेशनको नाराले नेपालका आधारभूत मूल्य–मान्यतासँग मेल खाएको बताएका छन्। सामाजिक सञ्जाल फेसुबकमार्फत खनालले अधिवेशनको नाराले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनप्रति नेपालको अटल विश्वास, विश्व शान्ति प्रवर्द्धन, मानव मर्यादाको रक्षा र दिगो विकासलाई अघि बढाउने नेपालको दृढ प्रतिबद्धतालाई प्रतिविम्बित गरेको ...
: सादा पोसाकका प्रहरी हौं भन्दै रकम असुल्ने २ जना पक्राउ परेका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकाेटस्थित एक स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने चन्द्रागिरी–२ का ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीया संजय बिसुंखे पक्राउ परेका हुन्। उनीहरुले आफूहरु सादा पोसाकका प्रहरी भएको र मेडिकल अनुगमनमा आएको भन्दै क्लिनिकमा गएर डर, त्रास र धाकधम्की देखाएर रकम ...
: सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको तयार ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ मा सहिदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचयपत्रवाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ। मापदन्डअनुसार ...
: नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। समितिमा समितिमा प्रकाश ज्वाला, देव गुरुङ र गंगानारायण श्रेष्ठ रहेका छन्। वार्ता समितिले बुधबारबाट नै काम सुरु गर्ने र ...
: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक बुधबारदेखि अन्तरदेशीय उडान सुरु हुँदैछ। फ्लाई दुबईले दुबई–पोखरा, पोखरा–दुबई दैनिक नियमित व्यावसायिक उडान सेवा सुरु गर्न लागेको हो। बुधबार साँझ ६ः१५ बजे फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ। बुधबार साँझ नै जहाजले पोखराबाट प्यासेन्जर लिएर दुबईका लागि उडान भर्नेछ। पोखराबाट दुबईमा ट्रान्जिट भएर विभिन्न देशको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम