: २० औं एसियन गेम्स अन्तर्गत महिला भलिबलमा आयोजक जापानलाई हराउँदै चीनले स्वर्ण पदक जितेको छ।
पार्क एरिना कोमाकीमा भएको खेलमा चीनले जापानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। चीनले जापानलाई २५–१९, २५–२० र २५–२३ ले हराएको हो।
चीनसँग सोझो सेटमा पराजित हुँदाजापानले रजत पदक जित्यो। थाइल्यान्डले कास्य पदक जितेको हो। चीन प्रतियोगिताको पदक तालिकामा शिर्ष स्थानमा रहेको छ। चीनले हालसम्म ३२ स्वर्ण, १३ रजत र ८ कास्यसहित ५३ पदक जितेको छ।
त्यस्तै, आयोजक जापानले ११ स्वर्ण १६ रजत र १९ कास्यसहित ४६ पदक जितेको छ।