: २० औं एसियन गेम्स २०२६ अन्तर्गत पौडी महिलातर्फ १०० मिटर फ्रिस्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै आउट भएकी छन्।
मंगलबार टोकियो एक्वाटिक सेन्टरमा भएको प्रतिस्पर्धामा आर्याले १ मिनेट ४.३५ सेकेन्डको समय निकालिन् । ३५ खेलाडी सहभागी स्पर्धामा उनी समग्रमा ३०औं स्थानमा रहिन् ।
यसअघि,सोमबार आर्या ५० मिटर ब्याकस्ट्रोकमा ३३.४० सेकेन्डसहित ३१ खेलाडीमध्ये २७औं स्थानमा रहेकी थिइन् । सोमबार डुवाना लामा,जादेन श्रेष्ठ र एर्भिन श्रेष्ठ पनि आ–आफ्ना स्पर्धाबाट बाहिरिएका थिए ।
अब एसियाड २०२६ मा पौडीतर्फ नेपालको तीन स्पर्धा मात्र बाँकी छन् । अब डुवानाले १०० मिटर ब्रेस्ट्रोक,अभिव प्रधानले ५० मिटर बटरफ्लाइ तथा जादेनले ५० मिटर ब्रेस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।