मुख्य समाचार
तीन वर्षअघि सगरमाथाको काखबाट दिएको चेतावनीलाई नेपालमा हालै देखिएका बाढी तथा पहिरोजस्ता विनाशकारी प्राकृतिक विपद्ले थप पुष्टि
तीन वर्षअघि सगरमाथाको काखबाट दिएको चेतावनीलाई नेपालमा हालै देखिएका बाढी तथा पहिरोजस्ता विनाशकारी प्राकृतिक विपद्ले थप पुष्टि

: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सगरमाथाको काखबाट दिएको चेतावनीलाई नेपालमा हालै देखिएका बाढी तथा पहिरोजस्ता विनाशकारी प्राकृतिक विपद्ले थप पुष्टि गरेको बताएका छन्। मंगलबार संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनको असर सोचेभन्दा निकै छिटो र भयावह रूपमा देखापरिरहेको उल्लेख गरे।

सम्बोधनका क्रममा उनले भने, 'तीन वर्षअघि नेपालका हिमालहरूबाट मैले ‘विश्वको छानो खसिरहेको’ र हिउँ तीव्र गतिमा पग्लिरहेको चेतावनी दिएको थिएँ। कतिपयले त्यसलाई बढाइचढाइ गरिएको भनेर पन्छ्याए पनि अहिलेका दुःखद घटनाहरूले यसको असर छिट्टै आइपुगेको प्रमाणित गरेका छन्।'

महासचिव गुटेरेसले जलवायु परिवर्तनको मार नेपालजस्ता साना तथा कम उत्सर्जन गर्ने देशहरूले व्यहोर्नुपरेको तर न्याय नपाएको स्पष्ट पारे। 'जलवायु परिवर्तनको मूल्य प्रदूषकहरूले नै तिर्नुपर्छ। प्रभावमा परेका कमजोर देशहरूले जलवायु न्याय पाउनैपर्छ,' उनले जोड दिए। साथै, ‘हानि तथा नोक्सानी कोष’ (Loss and Damage Fund) मा रकम लाजमर्दो रूपमा कम भएको भन्दै विकसित तथा धनी राष्ट्रहरूले अनुकूलन वित्तलाई तेब्बर बनाउनुपर्ने माग गरे।

उनले ठूला तेल कम्पनीहरूले वायुमण्डललाई प्रदूषणको माध्यम बनाएर अथाहा नाफा कमाएको आरोप लगाए। युक्रेनमा रुसी आक्रमणपछि मात्रै पाँच ठूला पश्चिमी तेल कम्पनीहरूले ५०० अर्ब डलर नाफा कमाएको तर विकासशील देशका लागि अनुकूलन वित्त ३४ अर्ब डलरमा मात्रै सीमित रहेको तथ्याङ्क उनले प्रस्तुत गरे।

सोही क्रममा महासचिव गुटेरेसले म्यानमार, सुडान, युक्रेन र मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय नियमहरू कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले अनियन्त्रित रूपमा विकसित भइरहेका प्रविधि र ‘किलर रोबोट’को प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने आह्वानसमेत गरे।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी महासभाको उच्चस्तरीय बहस बिहीबारसम्म चल्नेछ। उक्त महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री वालेन्द्र शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरिसकेका छन्। उनले सेप्टेम्बर २४ मा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्वसामु कुरा राख्दै उचित क्षतिपूर्तिको माग गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मध्यपूर्वमा बढ्दो तनाव र युद्धको स्थितिबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियान अमेरिका पुगेका छन्। मंगलबार अमेरिका पुगेका राष्ट्रपति पेजेस्कियान आज (बुधबार) संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन्। अमेरिकी सरकारको नियम र सुरक्षा प्रतिबन्धका कारण इरानी राष्ट्रपति र उनको टोलीलाई न्युयोर्कभित्र जथाभावी हिँडडुल गर्ने अनुमति छैन। उनीहरूलाई म्यानहटनस्थित होटल र राष्ट्रसंघको मुख्यालय आवतजावत ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ ११ वर्षको लामो अन्तरालपछि संयुक्त राज्य अमेरिकाको औपचारिक राजकीय भ्रमणका क्रममा आज वासिङ्टन पुग्दै छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा हुन लागेको यो उच्चस्तरीय भ्रमणलाई दुई मुलुकबिचको कुटनीतिक सम्बन्ध र रणनीतिक स्थिरतामा एक महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपतिका लागि निर्धारित परम्परागत कुटनीतिक मर्यादा (प्रोटोकल) भन्दा माथि उठेर राष्ट्रपति ट्रम्प ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा शान्ति कायम भएको भनी गरेको दाबीमाथि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले प्रश्न उठाएका छन्। संयुक्त राष्ट्रसङ्घको साधारण सभाको वार्षिक सत्रलाई सम्बोधन गर्दै म्याक्रोनले शान्तिको घोषणा गरिए पनि गाजामा हालसम्म कुनै पनि मानवीय सहायता मार्ग (ह्युमनिटेरियन करिडोर) पुनः सञ्चालनमा नआएको बताए। गाजाको वर्तमान स्थितिलाई लिएर अन्तर्राष्ट्रिय समुदायको भूमिकाप्रति प्रश्न उठाउँदै उनले ...
चीनले इरानी एयरलाइन्समाथि अमेरिकाले लगाएको प्रतिबन्धलाई अवैध भनेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा उक्त प्रतिबन्धलाई अवैध भनेका हुन् । ‘चीनले सधैं अन्तर्राष्ट्रिय कानुनी आधार वा संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्वीकृति नभएका एकपक्षीय प्रतिबन्धहरूको विरोध गर्दै आएको छ,’ जियाकुनले भने । यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यही साता ...
। अमेरिकाले मध्यपूर्वमा जारी द्वन्द्वलाई थप चर्काए युद्धको क्षेत्र नै विस्तार गर्ने इरानको इस्लामिक रिभोलुसनरी गार्डले चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गार्डले सोमबार अमेरिकाले द्वन्द्वलाई थप बढाएमा युद्धको ‘भूगोल परिवर्तन’ गर्ने जनाएको हो । यद्यपि, उसले त्यसका लागि अपनाइने सम्भावित कदमबारे थप विवरण सार्वजनिक गरेको छैन । यसैबीच, बेलायती सेनाका अनुसार सोमबार स्ट्रेट अफ होर्मुजमा प्रवेश ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम