मुख्य समाचार
सांसद रचना खतिवडाले आफू जेनजी आन्दोलनका शहीद, घाइते, अपांगता भएकाहरूको आवाज उठाउन सांसद भएको बताए
सांसद रचना खतिवडाले आफू जेनजी आन्दोलनका शहीद, घाइते, अपांगता भएकाहरूको आवाज उठाउन सांसद भएको बताए

। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद रचना खतिवडाले आफू जेनजी आन्दोलनका शहीद, घाइते, अपांगता भएकाहरूको आवाज उठाउन सांसद भएको बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘आज यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या पदको लालच थिएन । यो मेरो न्याय र खोज्ने यात्रा थियो’, सांसद खतिवडाले भनिन्, ‘मेरो कोखमा ९ महिना हुर्किएको ताते–ताते गर्दै मेरा आँखासामु नै बढेको मेरो मुटुको टुक्रा त्यतिबेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रगतले न्याय खोज्दै थियो ।’

खतिवडा शहीदकी आमा हुन् । गत वर्षको २३ भदौमा जेनजी आन्दोलनमा उनले छोरा गुमाएकी थिइन् ।

उक्त आन्दोलनपछि बदलिएको परिस्थितिमा २१ फागुन २०८२ मा प्रतिनिधिसभाको निर्वाचन भयो ।

निर्वाचनको समयमा रास्वपा आफ्नो घरमा पुगेको स्मरण गर्दै उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्युले बारम्बार आग्रह गरेर म यो पदमा आएकी थिएँ । अन्य तमाम जेनजीहरूको सन्तानहरूको बलिदान खेर जान नदिन म यो सदनमा पुगेकी हुँ ।’

देशमा परिवर्तन आएपछि पनि यदि सरकारले बाटो बिराउँछ खोज्छ भने संसद्को रोस्ट्रममा एउटी शहीदकी आमाले निरन्तर खबरदारी गर्नुपर्ने र यही गर्न आफू संसद्मा आएको उनले बताइन् ।

‘मेरो यो यात्राको उद्देश्य शासकहरूले आफ्नो गलत बाटो समयमै सुधारुन भनेर हो । म आज यो रोस्ट्रमबाट स्पष्ट पार्न चाहन्छु, जुन दिन जेनजी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई १ सेकेन्ड पनि हिच्किचाहट हुनेछैन’, उनले भनिन्, ‘तर विडम्बना मेरो यो पवित्र उद्देश्य र छातीको घाउलाई कसैले छोरोको लासमाथि सांसद पद साटेकी भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा म स्तब्ध छु ।’

आफ्नो छातीको पीडामाथि कसैको भाग खोस्न आएजस्तो गरी राजनीतिक आक्रमण गरेको उनले आरोप लगाइन् । उनले भनिन्, ‘मैले सिधा प्रश्न गर्न चाहन्छु– तपाईंहरूको छोराछोरी तपाईंहरूसँग छन् । उनीहरू हाँस्छन्, खेल्छन् भविष्य देख्न पाउनुहुन्छ । तर मेरो संसार उजाडिएको छ । मेरो काख रित्तिएको छ । यो ठाउँमा उभिएर तपाईंहरू एकचोटी हेरिदिनुस् ।’

कसैले आफ्नो छोरो जिउँदो ल्याएर काखमा राखिदिन्छ भने सांसद पद त्याग्न तयार रहेको उनले बताइन् । ‘त्यसैले आरोप लगाउनुअघि छोराको लाससँग पद साट्न आएकी भन्ने मर्यादाहीन अपशब्द बोल्नु अघि हजार पटक सोचिदिनुस् । एउटा आमाको ममता र पीडामाथि प्रहार गर्ने दुस्साहस नगरिदिनुस्’, उनले भनिन् ।

सरकारसँग आफ्ना थुप्रै असहमति रहेको, तर जिम्मेवार भएर बोल्ने बताइन् ।

‘मेरो पनि थुप्रै प्रश्नहरू छन्, अहिलेको सरकारसँग मेरो पनि थुप्रै असहमति पनि छन् । तर, म जिम्मेवार भएर बोल्छु, जिम्मेवार भएर बोल्छु’, उनले भनिन् ।

उनले शहीदकी आमामाथि अपमान हुँदा सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न गरिन् । ‘एउटी शहीदको आमाको यत्रो अपमान हुँदा यो सरकार के हेरेर बसेको छ ? आफ्नो छोराहरूको रगत अझै पनि सुकेका छैनन्,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक बजारमा धारिलो हतियार देखाएर धाकधम्की दिइरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथरकै फिदिम नगरपालिका–६ बस्ने सुसन तुम्रोक रहेको पाँचथर प्रहरीले जनाएको छ । पक्राउपछि उनको शरीरमा खानतलासी गर्दा दुई थान खुकुरी इन्सास ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले तत्काल राजमार्गका खाल्डाखुल्डी पुर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दशैं मनाउन काठमाडौं उपत्यकाबाट मात्रै बर्षेनी १५ लाख बढी नागरिक थातथलो फर्कने गरेको बताए । ‘पहिले त टिकट पाउनै महाभारत, अनी भेडाबाख्राझैं कोचिएर यात्रा गर्न बाध्यता । एकातिर बाटोको खाल्डाखुल्डीले थिलथिलो हुनु परेको छ भने अर्कातीर मनपरी भाडाले ...
। रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब २७ करोड ...
। भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेका छन्। दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका-१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए। मनास्लु क्षेत्रमा भइरहेको निरन्तर व्र्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले ...
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले त्रिपुरेश्वरमा बसभित्रै चालकको आत्मदाहको घटनाले राज्यको सुरक्षा संयन्त्र र यातायात व्यवसायीको कार्यशैलीमाथि प्रश्न खडा गरेको बताएकी छिन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सचेतक धितालले चालक अर्जुन दोङको निधनप्रति दु:ख व्यक्त गर्दै प्रहरीको ‘पोलिसिङ’ शैली र चालकहरूको मनोसामाजिक स्वास्थ्यलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘आत्महत्या वा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम