मुख्य समाचार
सांसद यज्ञमणि न्यौपानेले राज्यले दुई तिहाइको सरकार पाएपनि अकुत सम्पत्ति आर्जन गर्नेको सम्पत्ति छानबिन गर्ने अधिकार नपाएको टिप्पणी
सांसद यज्ञमणि न्यौपानेले राज्यले दुई तिहाइको सरकार पाएपनि अकुत सम्पत्ति आर्जन गर्नेको सम्पत्ति छानबिन गर्ने अधिकार नपाएको टिप्पणी

। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले राज्यले दुई तिहाइको सरकार पाएपनि अकुत सम्पत्ति आर्जन गर्नेको सम्पत्ति छानबिन गर्ने अधिकार नपाएको टिप्पणी गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘धन कहाँबाट आयो भनेर हेर्न नसक्ने सरकारले, धन कहाँ गयो भनेर पनि हेर्न सक्दैन्,’ सांसद न्यौपानेले भने, ‘अनि पुगिन्छ कहाँ ? कसरी हुन्छ सुशासन ?’

जेनजी विद्रोहमा नरसंहारकर्तालाई अनुसन्धान नगरी छोड्नुपरेको पनि उनले दाबी गरे । ‘घरमा अर्बौं रकम जलेकाहरूलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धान नगरी छोड्नुपर्‍यो, अपराध गरेर विदेशिएकाको पासपोर्ट रद्द गर्न पाइएन । क्याम्पसका विद्यार्थीले राजनीति नगर भन्न पाइएन । कर्मचारीका ट्रेड युनियन राखेका सरकारी भवन सरकारले प्रयोग गर्न पाएन,’ उनले भने ।

दुई तिहाइ नजिकको सरकारले यी काम गर्न नपाउने हो भने देशमा सुशासन कसले दिन्छ ? भन्दै उनले प्रश्न उठाए । यी सबै कुराका लागि उनले अदालतलाई दोषी देखाए ।

‘पछिल्ला घटनाक्रमहरू नियाल्दा अदालतले परिवर्तनलाई आत्मसाथ गरेजस्तो महशुस हुँदैन,’ न्यौपानले भने ।

उनले न्यायालय कस्तो छ ? भनेर न्यायाधीश, वकिल, कर्मचारी, नेता नसोधेर मुद्दा जितेर हातमा फैसला बोकेको बहादुरलाई सोध्नुपर्ने बताए । ‘उसले पनि भन्ने छ, यो न्यायालयले न्याय दिँदैन’, उनले भने ।


विगतमा पनि परिवर्तनलाई न्यायालयले स्वीकार गर्न नसकेको उनले ठोकुवा गरे । ‘परिणाम कांग्रेस सकियो, एमाले सकियो, माओवादी सकियो,’ उनले भने, ‘अब हामीले यसलाई नसुधारे सकिने पालो हाम्रो हुन्छ ।’ यो न्याय प्रणालीले गन्तव्यमा नपुर्‍याउने बताउँदै बेलैमा विचार गर्न आग्रह गरे ।

‘नागरिकले काण्डै–काण्डमा जेलिएका अपराधी, भ्रष्टाचारीलाई किन नसमातेको ? भनेर प्रश्न गरिरहेका छन्,’ उनले भने, ‘समातेको थियो, राख्न सकिएन । फाइल खोलेकै हो । अदालतले रोक्यो । भन्ने जवाफ दिँदा सुशासन आउँछ ? जनमतको सम्मान हुन्छ ? राज्यले अपराधीसँग लड्न खोज्दा राज्य नै कमजोर देखियो किन ?’

न्यायालय र न्यायाधीशको विवेक संसद्को विषय हुनुपर्ने सांसद न्यौपानेले बताए । ‘संविधानमा भएको महाभियोग राजनीतिक प्रतिशोधको हतियार पनि होइन । तर, संविधानमा समावेश भएको महाअभियोग सजावटका लागि राखिएको व्यवस्था पनि होइन’, उनले भने ।

उनले न्यायलयबारे सुधार गर्न भन्दै ६ बुँदे माग राखे ।

यस्ता छन् सांसद न्यौपानेका माग :

१) न्यायपालिका पुनर्संरचनाका लागि कार्यदल गठन गरियोस्।

२) न्यायपरिषद् ऐन २०७३ को दफा २९(३)मा रहेको न्यायाधीशको सम्पत्ति गोप्य रहने व्यवस्था खारेज गरियोस् ।

३) विवादित फैसला अध्ययन समिति संसदभित्र गठन गरियोस् ।

४) रिक्त सर्वोच्च तथा उच्च र जिल्ला अदालतका न्यायाधीशहरू दल बाहिरबाट सक्षम योग्य र इमान्दारलाई अभिलम्ब नियुक्ति गरियोस् ।

५) कानुन बमोजिम न्यायाधीशको सम्पत्ति छानबिन गरियोस् ।

६)न्यायाधीशलाई न्यायपरिषद्मा उजुरी दिनेले निर्णय को फोटोकपी लिने अधिकार दिइयोस् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक बजारमा धारिलो हतियार देखाएर धाकधम्की दिइरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथरकै फिदिम नगरपालिका–६ बस्ने सुसन तुम्रोक रहेको पाँचथर प्रहरीले जनाएको छ । पक्राउपछि उनको शरीरमा खानतलासी गर्दा दुई थान खुकुरी इन्सास ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले तत्काल राजमार्गका खाल्डाखुल्डी पुर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दशैं मनाउन काठमाडौं उपत्यकाबाट मात्रै बर्षेनी १५ लाख बढी नागरिक थातथलो फर्कने गरेको बताए । ‘पहिले त टिकट पाउनै महाभारत, अनी भेडाबाख्राझैं कोचिएर यात्रा गर्न बाध्यता । एकातिर बाटोको खाल्डाखुल्डीले थिलथिलो हुनु परेको छ भने अर्कातीर मनपरी भाडाले ...
। रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब २७ करोड ...
। भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेका छन्। दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका-१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए। मनास्लु क्षेत्रमा भइरहेको निरन्तर व्र्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले ...
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले त्रिपुरेश्वरमा बसभित्रै चालकको आत्मदाहको घटनाले राज्यको सुरक्षा संयन्त्र र यातायात व्यवसायीको कार्यशैलीमाथि प्रश्न खडा गरेको बताएकी छिन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सचेतक धितालले चालक अर्जुन दोङको निधनप्रति दु:ख व्यक्त गर्दै प्रहरीको ‘पोलिसिङ’ शैली र चालकहरूको मनोसामाजिक स्वास्थ्यलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘आत्महत्या वा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम