मुख्य समाचार
प्रहरीले रातभर काठमाडौंमा अपरेशन चलाएर ५८ विदेशी नागरिक पक्राउ
प्रहरीले रातभर काठमाडौंमा अपरेशन चलाएर ५८ विदेशी नागरिक पक्राउ

। प्रहरीले सोमबार रातभर काठमाडौंमा अपरेशन चलाएर ५८ विदेशी नागरिक पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)देखि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोलगायतको संयुक्त टोलीले सोमबार राति अपरेशनमा खटियो ।

यो टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा स्वीप अपरेशन चलायो । जसक्रममा ५८ विदेशी नागरिकलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । प्रहरी स्रोतका अनुसार यसरी पक्राउ पर्नेमा २० चिनियाँ नागरिक छन् बाँकी भने बंगलादेश, कोरिया लगायत अन्य देशहरूका नागरिक छन् ।

उनीहरू पक्राउको विवरण भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन । यसबारे प्रहरीले औपचारिक रुपमा केही बोलेको पनि छैन । अनलाइनखबरको सम्पर्कमा आएका सुरक्षा अधिकारीका अनुसार यो अपरेशन गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि भएको हो ।

सोमबार दिउँसो गृहमन्त्री गुरुङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख तथा एआईजी उमा चतुर्वेदीलाई निर्देशन दिँँदै अवैध गतिविधिमा लागेकाहरू विदेशीहरूलाई अपरेशन चलाएर पक्राउ गर्न भनेका थिए ।

गृहमन्त्रीको निर्देशनपछि सीआईबीले यो अपरशेनको कमाण्ड गर्दै विदेशीविरुद्ध स्वीप अपरशेन चलाएको हो । अपरेशन चलाएर पक्राउ गरिएका ५८ जना विदेशीहरू कस्तो किसिमका गतिविधिमा लागेका हुन्, उनीहरूको अपराध के हो भन्नेबारे केही पनि सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सत्तारुढ दल रास्वपाको मधेश अधिवेशन अनिश्चित बनेको छ । सांगठनिक अवस्था तथा कार्यसम्पादन अडिटका लागि पार्टीले केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिएर मधेश पठाएपनि अधिवेशनको अन्योल भने कायमै छ । सहमहामन्त्री हरि ढकालको नेतृत्वमा संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, प्रवक्ता जगदीश खरेल, सहप्रवक्ता सुरेन्द्र चौधरी नेताहरू अशोक कुमार चौधरी र पुनम अग्रवाललाई मधेशको वस्तुस्थिति बुझ्न पार्टीले खटाएको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद रचना खतिवडाले आफू जेनजी आन्दोलनका शहीद, घाइते, अपांगता भएकाहरूको आवाज उठाउन सांसद भएको बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘आज यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या पदको लालच थिएन । यो मेरो न्याय र खोज्ने यात्रा थियो’, सांसद खतिवडाले भनिन्, ‘मेरो ...
। नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानको दार्मामा फैलियो स्क्रब टाइफस संक्राणप्रति सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले सल्यानको दार्मा गाउँपालिकामा पछिल्लो एक महिनामै स्क्रब टाइफस संक्रमणका कारण अस्पतालमा उपचाररत ७ जनाको निधन भइसकेको बताए । ‘संक्रमण फैलिँदै गएको छ, नागरिकहरू जोखिममा छन् तर रोग पहिचानका लागि आवश्यक परीक्षण किट समेत ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ । नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् । उनीहरुलाई बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले राज्यले दुई तिहाइको सरकार पाएपनि अकुत सम्पत्ति आर्जन गर्नेको सम्पत्ति छानबिन गर्ने अधिकार नपाएको टिप्पणी गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘धन कहाँबाट आयो भनेर हेर्न नसक्ने सरकारले, धन कहाँ गयो भनेर पनि हेर्न सक्दैन्,’ सांसद न्यौपानेले भने, ‘अनि पुगिन्छ कहाँ ? कसरी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम