मुख्य समाचार
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सातै प्रदेश केन्द्रित उपसमिति गठन
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सातै प्रदेश केन्द्रित उपसमिति गठन

। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सातै प्रदेश केन्द्रित उपसमिति गठन गरेको छ ।

समितिको कार्यक्षेत्रभित्र पर्ने पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ लगायतका विषयमा प्रदेश तहमा सञ्चालन भइरहेका आयोजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन, अध्ययन तथा मूल्यांकन गर्न प्रदेशगत उपसमिति गठन गर्ने निर्णय समितिको बैठकले गरेको हो।

उपसमितिहरूले सम्बन्धित प्रदेशमा सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमको प्रगति, व्यवस्थापन, कार्यान्वयन अवस्था तथा सरोकारवालासँगको समन्वय लगायतका विषयमा अध्ययन तथा अनुगमन गर्नेछन् ।

साथै, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सरकारी निकायबाट प्रचलित ऐन–नियमअनुसार काम भए–नभएको विषयमा समेत अध्ययन गरी समितिसमक्ष प्रतिवेदन तथा आवश्यक सुझाव पेस गर्नेछन्।

समितिले उपसमितिहरूलाई सम्बन्धित आयोजना तथा स्थानमा स्थलगत अवलोकन, सम्बन्धित निकाय तथा सरोकारवालासँग छलफल र विज्ञ तथा अनुसन्धानकर्तासँग अन्तरक्रिया गरी तथ्यमा आधारित अध्ययन प्रतिवेदन तयार गर्न कार्यादेश दिएको छ।

प्रदेशगत उपसमिति सदस्यहरूः

मधेश प्रदेश

१. तपेश्वर यादव

२. डा. मो. फिरदोश आलम

३. यशोदा कुमारी

४. राजकिशोर महतो कोइरी

५. रामाकान्त प्रसाद चौरसिया

कोशी प्रदेश उपसमिति

१. आशा झा

२. निशा डाँगी

३. नीता घतानी

४. पूर्णप्रसाद लिम्बू

५. राजेन्द्रकुमार राई

६. सृष्टि भट्टराई

बागमती प्रदेश उपसमिति

१. प्रदिप विष्ट

२. राजुनाथ पाण्डे

३. सुनिल केसी

गण्डकी प्रदेश उपसमिति

१. धर्मराज के.सी.

२. श्रीराम न्यौपाने

लुम्बिनी प्रदेश उपसमिति

१. धनेन्द्र कार्की

२. मन्जु भुसाल

३. डा. राम लामा

कर्णाली प्रदेश उपसमिति

१. गोपाल शर्मा

२. जयपती रोकाया

३. धन बहादुर

४. वासना थापा

सुदूरपश्चिम प्रदेश उपसमिति

१. आशिष गजुरेल (सभापति)

२. प्रकाश गौतम

३. भरतकुमार स्वार

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई थप व्यवस्थित र सहज बनाउन त्रिपक्षीय सम्झौता गरिएको छ। मंगलबार यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको हो। सम्झौताअनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणालीमार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने ...
। सरकारले राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुने गरी विधेयक ल्याएको छ । प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन शाहले मंगलबार प्रतिनिधिसभामा दर्ता गरेको यो विधेयकको दफा १९ मा यस्तो व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुनेछ ।’ कुलपति विश्वविद्यालयको प्रमुख हुनेछन् । कुलपतिले सभाको बैठकमा र विश्वविद्यालयको दीक्षान्त समारोहमा अध्यक्षता गर्नेछन् । कुलपति दीक्षान्त समारोहमा उपस्थित ...
। प्रहरीले सोमबार रातभर काठमाडौंमा अपरेशन चलाएर ५८ विदेशी नागरिक पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)देखि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोलगायतको संयुक्त टोलीले सोमबार राति अपरेशनमा खटियो । यो टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा स्वीप अपरेशन चलायो । जसक्रममा ५८ विदेशी नागरिकलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । प्रहरी ...
। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनर्स्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनर्स्थापनाका लागि सम्भावित जग्गा पहिचानसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो । समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता ...
। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे काठमाडौंबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै छन् । उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । उक्त ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम