मुख्य समाचार
बंगलादेशका मिस्ट्री स्पिनर मोहम्मद रुबेल नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने
बंगलादेशका मिस्ट्री स्पिनर मोहम्मद रुबेल नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने

। बंगलादेशका मिस्ट्री स्पिनर मोहम्मद रुबेल नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

बंगलादेशी खेलकुद समाचार संस्था टी–स्पोर्ट्सले रुबेल एनपीएलमा खेल्ने जनाएको हो । यद्यपी उनी कुन फ्रेन्चाइजबाट खेल्ने भन्ने विषय भने हालसम्म सार्वजनिक गरिएको छैन ।

रुबेलले बंगलादेशको राष्ट्रिय टोलीबाट खेलेका छैन् । यद्यपी उनले टी-२० क्रिकेटमा ११ खेलमा १४ विकेट लिएका छन् ।

उनले अस्ट्रेलियामा भएको टप एन्ड टी-२० सिरिजमा बंगलादेशको हाइ पर्फर्मेन्स टोलीबाट खेलेका थिए ।
यसअघि टी–स्पोर्ट्सले बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम पनि एनपीएल खेल्ने समाचार सार्वजनिक गरेको थियो ।

सामाजिक सञ्जालमा अरिफुल कर्णाली याक्सबाट खेल्ने चर्चा भए पनि त्यसबारे औपचारिक घोषणा हुन बाँकी छ ।

बंगलादेशका स्टार अलराउन्डर शाकिब अल हसन पोखरा एभेन्जर्स तथा अकबर अलीले कर्णाली याक्सबाट खेल्ने यसअघि तय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
। चेल्सीका फरवार्ड कोल पाल्मर सानो चोटका कारण इंग्ल्यान्डको नेसन्स लिग टोलीबाट बाहिरिने भएका छन् । २४ वर्षीय पाल्मरलाई प्रशिक्षक थोमस टुचेलले विश्वकप टोलीबाट विवादास्पद रूपमा बाहिरिएपछि पुनः राष्ट्रिय टोलीमा बोलाएका थिए । टुचेलले उनलाई ‘आफूलाई प्रमाणित गर्नुपर्ने’ र टोलीमा स्थान कायम राख्न उत्कृष्ट प्रदर्शन आवश्यक रहेको बताएका थिए । तर चेल्सीबाट नियमित खेलिरहेका पाल्मर अब अन्तर्राष्ट्रिय ...
: २०औं एसियन गेम्स २०२६ मा नेपालको महिला टेबल टेनिस टोली पदकको दौडबाट बाहिरिएको छ। जापानको आइची नागोयामा भइरहेको प्रतियोगितामा इभाना थापा, योङ्गी पौडेल र नवीता श्रेष्ठको टोली टिम इभेन्टबाट बाहिरिएको हो। स्काई हल टोयोटामा सोमबार बिहान भएको खेलमा माकाउ ३-१ ले पराजित हुँदै नेपाली टिम बाहिरिएको हो। समूह 'ए' मा रहेको नेपाली टोली सोमबार चीनसँग ...
: २०औं एसियन गेम्स २०२६ अन्तर्गत क्लासिफिकेसन खेलमा नेपाली महिला भलिबल टिम हङकङसँग पराजित भएको छ। जापानको ओकाजाकी सोगो पार्कमा भएको खेलमा नेपाल हङकङ ३-० ले पराजित भएको हो। हङकङसँग नेपाल २५-२०, २५-१९ र २८-२६ ले पराजित भएको हो। नवौं स्थानको लागि भएको खेलमा हङकङसँग पराजित हुँदा नेपालले अब ११ औं स्थानको लागि खेल्नेछ। नेपालले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम