। ग्यास कालोबजारी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने ४७ वर्षीय सरोज नेम्कुल छन् ।
उनलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफ्नो पसलमा भएका सिलिन्डरहरूको सिल खोली ‘सबै सिलिन्डर रित्तो हो’ भन्दै ग्यास लुकाएको प्रहरीले बताएको छ ।
नेम्कुनले सञ्चालन गरेको सिद्धिपुर ग्यास स्टोरबाट दुई वटा सिलसहितका र २२ वटा सिल नभएका, तर भरी सिलिन्डर बरामद भएको प्रहरीले बताएको छ ।