मुख्य समाचार
जापान, अमेरिका र दक्षिण कोरियाका विदेशमन्त्रीहरूले उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता
जापान, अमेरिका र दक्षिण कोरियाका विदेशमन्त्रीहरूले उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता

। जापान, अमेरिका र दक्षिण कोरियाका विदेशमन्त्रीहरूले उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् ।

जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगी, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले सोमबार न्युयोर्कमा भेटवार्ता गर्दै आ–आफ्ना प्रतिबद्धता दोहोर्‍याएका हुन् ।


संयुक्त राष्ट्रसंघको महासभा बैठक चलिरहेका बेला उनीहरूबीच भेटवार्ता भएको थियो । सो भेटमा उनीहरुले तीन देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति पनि गरेका जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।

बैठकपछि सार्वजनिक संयुक्त धारणा अनुसार, तीन देशले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न त्रिपक्षीय सहकार्यलाई महत्वपूर्ण आधारका रूपमा लिँदै ठोस ढंगले सहकार्य जारी राख्ने बताएका छन् ।

उनीहरूले अन्तर्राष्ट्रिय विपद् उद्धार तथा राहत प्रयासमा सहयोग बढाउने र दक्षिण–पूर्वी एसियामा सीमापार हुने आपराधिक गतिविधिविरुद्धका उपायलाई थप सुदृढ गर्ने विषयमा पनि सहमति जनाएका छन् ।

त्यसैगरी, इन्डो–प्यासिफिक (हिन्द–प्रशान्त)सहित अन्य क्षेत्रमा आगामी पुस्ताको आणविक रिएक्टर अर्थात् स्मल मोड्युलर रिएक्टर (एसएमआर) तैनाथ गर्ने योजनालाई तीव्रता दिन सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

उत्तर कोरियाको विषयमा तीन विदेशमन्त्रीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्तावअनुरूप उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणका लागि सहकार्य जारी राख्ने बताएका छन् । साथै, उत्तर कोरियाले अपहरण गरेका व्यक्तिहरूसँग सम्बन्धित समस्याको तत्काल समाधान आवश्यक रहेकोमा पनि उनीहरूले जोड दिएका छन् ।

उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि आम्दानी जुटाउने साइबर गतिविधिलाई नियन्त्रण गर्न पनि तीन देशले संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

बैठकमा चीनलाई ध्यानमा राख्दै क्षेत्रीय सुरक्षा अवस्थाबारे समेत छलफल भएको थियो । बल वा दबाबका माध्यमबाट यथास्थिति एकपक्षीय रूपमा परिवर्तन गर्ने प्रयासप्रति तीन देशले चासो व्यक्त गर्दै ताइवान जलडमरूमध्यमा शान्ति र स्थायित्व कायम राख्नुको महत्वमा जोड दिएका छन् ।

यसैबीच, जापानी विदेशमन्त्री मोतेगी र अमेरिकी विदेशमन्त्री रुबियोबीच छुट्टै भेटवार्ता पनि भएको थियो । उनीहरूले चीनसँग सम्बन्धित विषयमा विचार आदानप्रदान गर्दै जापान–अमेरिका गठबन्धनलाई थप सुदृढ बनाउन नजिकबाट सहकार्य गर्ने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् । विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत् चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा ...
। जापानको बेरोजगारी दर अगस्टमा बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा २.४ प्रतिशत रहेको बेरोजगारी दर पाँच महिनापछि पहिलोपटक बढेको जापान सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार ...
। जापानले बिहीबारदेखि लागू हुने गरी भिसा नवीकरण र स्थायी बसोबास (पीआर) जारी गर्ने शुल्कमा भारी वृद्धि गर्ने भएको छ। जापानको अध्यागमन सेवा एजेन्सीले तोकेको यो नयाँ शुल्क गत मे महिनामा पारित भएको अध्यागमन नियन्त्रण ऐनको संशोधनमा व्यवस्था गरिएको थियो । भिसा नवीकरण र बसोबासको हैसियत परिवर्तनका लागि लाग्ने शुल्क अब प्रदान गरिएको बसोबासको अवधिका आधारमा तय ...
— जापानको राजधानी टोकियोमा लगातार ३४ दिनसम्म वर्षा भएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जीएमए)का अनुसार १८८६ मा रेकर्ड राख्न सुरु गरिएयता यति लामो अवधिसम्म निरन्तर वर्षा भएको यो पहिलोपटक हो । जीएमएका अधिकारी काजुहिरो हिरोनोका अनुसार यसअघि सन् २०१९ को जुन २७ देखि जुलाई २९ सम्म लगातार ३३ दिनसम्म वर्षा भएको थियो । ...
। जापानका ११ वर्षीय युकी कुरिहाराले २०औं एसियन गेम्सअन्तर्गत ईस्पोर्ट्समा स्वर्ण पदक जित्दै इतिहास रचेका छन् । उनी एसियन गेम्स इतिहासमा स्वर्ण जित्ने जापानका सबैभन्दा कान्छा खेलाडी बनेका छन् । आइची–नागोयामा शनिबार सम्पन्न ‘पुयो पुयो च्याम्पियन्स’ को फाइनलमा कुरिहाराले दक्षिण कोरियाका २४ वर्षीय काङ दोङसिनलाई १०–२ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । सेमिफाइनलमा उनले थाइल्यान्डका ...