मुख्य समाचार
नेकपा(माओवादी) को कार्यकर्ता हौं भन्दै चन्दा असुली गर्ने दुई जना पक्राउ
नेकपा(माओवादी) को कार्यकर्ता हौं भन्दै चन्दा असुली गर्ने दुई जना पक्राउ

: नेकपा(माओवादी) को कार्यकर्ता हौं भन्दै चन्दा असुली गर्ने दुई जना पक्राउ परेका छन्। डर, धाक, धम्की दिँदै चन्दा असुली गर्दै गरेको अवस्थामा सहिदलखन गाउँपालिका–१ बक्राङबाट दुई जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

ज्यान लिनेसम्मको भाषा प्रयोग गरी चन्दा असुली गर्ने पालुङटार नगरपालिका–७ च्याङ्लीका ३८ वर्षीय अमृत सापकोटा र मिक्लाजुङ गाउँपालिका –९ मोरङका ३८ वर्षीय राजकुमार माझीलाई प्रहरीले पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिए। उनीहरु सहिदलखन गाउँपालिका–१ खहरेटोलको रामलक्ष्मण सामुदायिक वनका सचिव रामबहादुर भुजेलसंग चन्दा असुली गर्दै गरेको अवस्थामा सोमबार दिउसो पक्राउ परेका हुन्।

उनीहरुको साथबाट नगद २० हजार, सो पार्टीको लेटरप्याड दुई थान, एकथान छाप र ५० प्रति पर्चा पम्प्लेट पनि बरामद गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाको न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको क्रममा तोग्बेसँग पराष्ट्रमन्त्री खनालको साइडलाइन वार्ता भएको हो । भेटको क्रममा प्रधानमन्त्री तोग्बेले नेपालमा हालै आएको बाढीका कारण भएको मानवीय क्षति र विनाशप्रति गहिरो दुःख व्यक्त गरे । साथै नेपाली जनताको दुःखमा भुटानको साथ रहेको उनले बताएका थिए । ...
। परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएको भेटवार्तामा नेपाल-ईयू साझेदारीका विभिन्न पक्षमा छलफल भएको छ । भेटमा परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले दिएको सन्देशप्रति कृतज्ञता व्यक्त गरेका थिए । त्यस ...
। कञ्चनपुरबाट १५ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ वाणीका ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका–६ ऐठपुरका ४२ वर्षीय महेशप्रसाद भट्ट रहेका छन् । भीमदत्त नगरपालिका–१० गज्जरस्थित गौरीशंकर मन्दिरबाट उनीहरू दुवै जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट १५ दशमलव ६७ ग्राम खैरो हेरोइन बरामद ...
। सर्वोच्च अदालतले जोखिमपूर्ण अवस्थाबाहेक पक्राउ परेका सबै व्यक्तिहरूलाई हत्कडी नलगाउन प्रहरीका नाममा आदेश जारी गरेको छ । पक्राउ परेको व्यक्तिले अपराध अनुसन्धानको सिलसिलामा तीन प्रकारको हानी गरेमा मात्रै हत्कडी लगाउनुपर्ने भन्दै सर्वोच्च अदालतले अरु अवस्थामा जो कोहीलाई हत्कडी नलगाउन आदेश दिएको हो । पक्राउ परेको व्यक्ति भाग्ने जोखिम भएमा, उसको व्यवहार हिंसात्मक भएमा र उसले आफू ...
। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम